Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

एसइई परीक्षामा समन्वय गर्न स्थानीय तहलाई बोर्डको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले भोलि (शुक्रबार)बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ।

बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो।

परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। कक्षा-१२ को परीक्षामा पनि आवश्यक समन्वय गर्नुपर्ने उनले आग्रह गरे।

उनले एसइईलाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न/गराउन परीक्षा सञ्चालन पूर्व, परीक्षा अवधि र परीक्षा सञ्चालन पछिका व्यवस्थापनमा आवश्यक तयारी बोर्ड, सम्बन्धित प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिलाई भइसकेको बताए।

‘महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरी त्यहाँबाट आवश्यक समन्वय र सहयोग हुन अनुरोध छ’‚ पत्रमा भनिएको छ।

परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

डेंगीबाट दुई महिनामा १३ जनाको मृत्यु, साढे १७ हजार संक्रमित
Uncategorized

मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
यस वर्ष ९२ करोड बढीको स्याउ मुस्ताङबाट निर्यात
Uncategorized

यस वर्ष ९२ करोड बढीको स्याउ मुस्ताङबाट निर्यात

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद