वीरगञ्ज — नेपाल प्रहरीका महानिरीक्षक ९आइजीपी० दानबहादुर कार्कीले मानव सेवा आश्रम वीरगञ्ज शाखाको अवलोकन भ्रमण गर्दै आश्रममा आश्रित आमाबुबाका लागि दिउँसोको खाजा सेवा तथा अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका छन्।
२०८२ माघ १ गते वीरगञ्ज महानगरपालिका–२५ सिरिसियास्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकको समेत सहभागिता रहेको थियो। सो अवसरमा आश्रमका लागि नगद १० हजार रुपैयाँ समेत सहयोग गरिएको मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक देवेश गुप्ताले जानकारी दिए।
कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौघाई, डा। निरज सिंह, डा। प्रिति यादव, मौसमी श्रेष्ठलगायत आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।
अवलोकनका क्रममा आइजीपी कार्कीले मानव सेवा आश्रमले असहाय, बेसहारा र परित्यक्त आमाबुबाका लागि गर्दै आएको सेवा अत्यन्तै सराहनीय रहेको बताए। उनले आश्रमको सुरक्षाका लागि नेपाल प्रहरीबाट एक जना प्रहरी २४ घण्टा खटाइएको जानकारी गराउँदै आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट सम्भव सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।



