Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार २७,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा जिल्ला खोप समन्वय समितिले पर्सालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ।

शनिबार जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा बसेको समितिको बैठकले जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि पर्सालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा उनले पर्साका १४ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको उल्लेख गर्दै अब जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न मधेश प्रदेश स्वास्थ्य मन्त्रालयसमक्ष प्रस्ताव पठाइएको जानकारी दिए।

उनका अनुसार जिल्लाका १४ स्थानीय तहका ११२ वडामा रहेका ११७ खोप सेवा केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। जिल्लामा वार्षिक करिब १४ हजार ७३५ बालबालिका जन्मिने अनुमान रहेको र जन्मदेखि १५ महिनासम्मका सबै बालबालिकाले नियमित रूपमा सबै खोप पाए–नपाएको घरदैलो सर्वेक्षणमार्फत सुनिश्चित गरेपछि स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै सोनारले सबैलाई बधाई तथा धन्यवाद दिए।

कार्यक्रममा चिकित्सक, खोपदूत सरदार जसपाल सिंह र नीला कुमारी राम, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य विभागका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, सरोकारवाला संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०८३ असार २७,शनिबार
गहवामाईको चौथो रथ यात्राको तयारी पूरा
धर्म

गहवामाईको चौथो रथ यात्राको तयारी पूरा

प्रकाशित : २०८३ असार २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद