Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

वीरगञ्जसहित मधेसमा आज चैते छठ पर्व मनाइँदै। 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ चैत । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मूख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (आज सोमबार) अर्थात षष्ठी तिथीलाई छठको मूख्य दिन मानिन्छ । जसलाई सँझीया घाटे पनि भनिन्छ । छठको मूख्य दिन सोमबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने गर्दछन् ।

वीरगञ्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि, नगवा, छपकैयालगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा सोमबार साँझ सूर्य भगवान र छठीमातालाई अर्घ दिन ब्रतालुहरुको भिड लाग्छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन (मंगलबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि आइतबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरुले आइतबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब गत शनिबारदेखि विधीवत रुपमा शुरु भएको हो । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाय खायके दिन पनि भन्ने गरिन्छ । चैत छठको पहिलो दिन शनिबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

वर्षमा दुइ पटक (कात्तिक र चैत) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैते छठ पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद