Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

वीरगञ्जसहित मधेसमा आज चैते छठ पर्व मनाइँदै। 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ चैत । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मूख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (आज सोमबार) अर्थात षष्ठी तिथीलाई छठको मूख्य दिन मानिन्छ । जसलाई सँझीया घाटे पनि भनिन्छ । छठको मूख्य दिन सोमबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने गर्दछन् ।

वीरगञ्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि, नगवा, छपकैयालगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा सोमबार साँझ सूर्य भगवान र छठीमातालाई अर्घ दिन ब्रतालुहरुको भिड लाग्छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।

छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन (मंगलबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि आइतबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरुले आइतबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

चैती छठ पर्ब गत शनिबारदेखि विधीवत रुपमा शुरु भएको हो । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाय खायके दिन पनि भन्ने गरिन्छ । चैत छठको पहिलो दिन शनिबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

वर्षमा दुइ पटक (कात्तिक र चैत) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैते छठ पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद