Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि मतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,०२ चैत । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको रातोपाटीलाई जानकारी दिए ।

मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने उनको भनाई छ । निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनमा सहभागी समेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी दल बाहेकको समर्थनमा रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादवको उम्मेदवारी दर्ता छ । यद्यपि प्रमिला कुमारीले विज्ञप्तिमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको बताउँदै रामसहायलाई भोट मागेकी छिन् ।

यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपति निर्वाचनमा झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद