Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

सार्वजनिक तथा ऐलानी जग्गा खोज्दै बिन्दबासिनी गाउँपालिका

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१० पुष । बिन्दबासिनी गाउँपालिकाले पालिका भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य तिब्र रुपमा सुरु गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न पालिकाको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो ।

आज आइतबार सार्वजनिक बिदाको दिन पनि वडा नम्वर १ र २ को सीमामा रहेको बहुआर्वा गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । बहुआर्वाका स्थनीयहरुले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर पालिकाले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।

आईतबार पालिकाको टोलीले वडा नम्वर १ का करिब २० जना स्थानियहरुले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १ बहुआर्वामा पर्ने नहरको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो । स्थानीयले आफ्नो नाममा रहेको जमिन आडैमा रहेको ४ कठ्ठा १० धुरको नहरमा माटो पूरी सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।

गाउँपालिका अध्यक्ष तिवारीले पालिकाक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी पालिका माताहातमा ल्याउन अभियान चलाउनु भएको हो । अहिले पालिकासँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले पालिकाले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको अध्यक्ष तिवारीले बताउनुभयो ।

आईतबार पाँचौं दिन भएको र यो अभियान अब ५ वटै वडामा संचालन हुने पनि पालिकाले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न पालिकाले खोजी अभियान अघि बढाएको पनि अध्यक्ष तिवारीले बताउनुभयो ।

अभियान अन्तर्गत वडा नं १ का वडा अध्यक्ष अछेलाल महत्तो , २ का मुक्ति पटेल , पूर्व वडा अध्यक्ष सञ्जय चौहान , गाउँपालिकाका अमिन सम्साद , स्थानिय नेता गौरीशंकर साह , बिवेक चौरसिया , उपनेश चौरसिया लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०७९ पुष १०,आईतवार
आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ पुष १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद