Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

पर्सामा सीमा स्तम्भ रंगरोगन तथा मर्मत कार्य सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रंगरोगन कार्य बिहीबारदेखि सुरु गरेको छ।

गणले वीरगन्ज महानगरपालिका– २ को इनर्वा र भारततर्फ पूर्वी सुन्दरपुर– ४ मा रहेको सानो सीमास्तम्भ नम्बर ३९१/४ बाट मर्मत र रंगरोगन कार्य सुरु गरेको हो।

एक कार्यक्रमबीच गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले सीमास्तम्भ मर्मत तथा रंगरोगन कार्य सुरु गरेको जानकारी दिए।उनले यो कार्यक्रमअन्तर्गत सीमाको सुरक्षा मात्र नभएर सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन पनि योगदान पुर्‍याउने बताए।

कर्माचार्यका अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भहरूमध्ये जोर नम्बरका स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गर्ने निर्णय भएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालले बिजोर नम्बरको सीमास्तम्भ मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

सीमास्तम्भहरूको रंगरोगन तथा मर्मत कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण खड्का, वीरगन्ज– २ का वडाध्यक्ष महमद रियाज, वीरगन्ज– १६ का वडाध्यक्ष परशुराम चौरसिया, एसएसबी बटालियन पन्टोका रक्साेलबाट आनिन्द्र मनी र दीपक सबिताको उपस्थिति रहेको थियो। सभार : नयाँ पत्रिका

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद