Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

बारामा प्रतिबन्धित लागूऔषध गाँजा सहित ७ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २२,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । गाँजाको कारोबार भई पिकअप र स्कार्पियोमा लोड गरिएको सूचना पाएको प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जको जंगलबाट १ सय ५७ किलो गाँजा, ढुवानीमा प्रयोग गर्न लागिएको सवारी साधन सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्करर्पियो चालक मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१ का रोशन नेगी, भिमफेदी गाउँपालिका–९ का मुकेश लामा, बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका–२२ का बुद्ध पाख्रीन, भारत बहराईनका अलि अहमद भाट, मोतिहारीका जमालुदिन खान, देव कुमार र जागिरदिन मिया रहेको आज आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार कारोबारी सहित ढुवानीका साधन भारतीय नम्बर प्लेटको पिक अप भ्यान, नेपाली नम्बर प्लेटको स्कार्पियो बरामद भएको छ । करोबरीहरुले पिकअप र स्कार्पियोमा लोड गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा, बाराका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर छेत्रीको कमान्डमा खटेको सुरक्षाकर्मीहरुको टोलीले सोमबार बिहान १ बजे तिर कारोबारी, गाँजा सहित ढुवानीको साधन बरामद गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०८० श्रावण २२,सोमबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०८० श्रावण २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद