Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कन्या मा.वि. र इनर्वा मक्तुम विद्यालयका बालबालिकालाई साहिब दरबारले उपलब्ध गरायो स्वेटर 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ४,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०४ माघ । साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वेटर उपलब्ध गराएको छ ।

वीरगञ्जको वडा नम्बर ४ मा रहेको श्री सुन्दरमल रामकुमार कन्या मा.वि. र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराईएको हो ।

कन्या मा.वि. मा १५० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो ।

यस्तै इनर्वा मक्तममा पनि १५० जना विद्यार्थीका लागि स्वेटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् ।

कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् ।

संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो ।

यश अघि संस्थानले सडक पेटी र खुला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो ।

स्वेटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ माघ ४,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ माघ ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद