Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अक्षरारम्भ कप २०८३ – पाँचौँ दिन पिस जोन, जीएचपी र ओम नेसनल विजयी, क्वाटरफाइनल समीकरण पूरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक २०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, । अक्षरारम्भ कप २०८३ अन्तर्गत पाँचौँ दिन सम्पन्न तीनवटै खेलमा पिस जोन, जीएचपी सेकेन्डरी स्कुल र ओम नेसनलले शानदार जित हासिल गरेका छन्। आजका खेलसँगै समूह ‘ए’ र समूह ‘बी’ बाट क्वाटरफाइनलमा प्रवेश गर्ने चारवटै टोलीको टुङ्गो लागेको छ।

प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल अर्थात् म्याच नम्बर ११ मा मिनिल्यान्ड र पिस जोनबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पिस जोनले मिनिल्यान्डलाई ४१ रनले पराजित गर्दै जित दर्ता गर्‍यो। पिस जोनका धवल प्रसादले २३ रन बनाउनुका साथै एक विकेटसमेत लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए। यस जितसँगै पिस जोन समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

त्यसैगरी, दोस्रो खेल अर्थात् म्याच नम्बर १२ मा जीएचपी सेकेन्डरी स्कुलले कादम्बरीलाई ३६ रनले पराजित गरेको छ। जीएचपीका कृष्ण यादवले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

आजै सम्पन्न तेस्रो खेल अर्थात् म्याच नम्बर १३ मा ओम नेसनलले ज्ञानोदयलाई ६ विकेटले पराजित गर्दै जित हासिल गर्‍यो। ओम नेसनलका वाहिद खानले २७ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। उत्कृष्ट प्रदर्शन गरेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

आजका खेलहरूको नतिजासँगै समूह चरणबाट क्वाटरफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। समूह ‘ए’ बाट विद्या सदन माध्यमिक विद्यालय समूह विजेता र पिस जोन उपविजेता बनेका छन्। त्यसैगरी, समूह ‘बी’ बाट जीएचपी सेकेन्डरी स्कुल समूह विजेता तथा सनलाइट सेकेन्डरी स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

कार्तिक २१ गते क्वाटरफाइनलका दुई खेल
प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरू यही कार्तिक २१ गते सञ्चालन हुनेछन्। निर्धारित खेल तालिकाअनुसार पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता विद्या सदन माध्यमिक विद्यालयले समूह ‘बी’ को उपविजेता सनलाइट सेकेन्डरी स्कुलसँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी, दोस्रो क्वाटरफाइनलमा समूह ‘बी’ को विजेता जीएचपी सेकेन्डरी स्कुलले समूह ‘ए’ को उपविजेता पिस जोनसँग दिउँसो १२स्३० बजे प्रतिस्पर्धा गर्नेछ।

भोलि लिग चरणका अन्तिम तीन खेल
यसैबीच, प्रतियोगिताअन्तर्गत भोलि कार्तिक २० गते लिग चरणका अन्तिम तीन खेल सञ्चालन हुनेछन्।

निर्धारित खेल तालिकाअनुसार पहिलो खेल बिहान ७ बजे जीवनज्योति सेकेन्डरी स्कुल र लिटिल एन्जल्स सेकेन्डरी स्कुलबीच हुनेछ। दोस्रो खेल बिहान १० बजे न्यू वेभ एकेडेमी र माउन्ट मकालु सेकेन्डरी स्कुलबीच हुनेछ भने तेस्रो तथा अन्तिम लिग खेल दिउँसो १ बजे सूर्योदय सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच हुनेछ।

भोलिका तीन खेल सम्पन्न भएसँगै प्रतियोगिताको लिग चरण पूर्ण रूपमा समाप्त हुनेछ। त्यसपछि प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ।

विद्यालयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान विद्यार्थी खेलाडीहरूको पहिचान तथा उनीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगिताले वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेटप्रतिको आकर्षण र उत्साहलाई थप उचाइमा पुर्‍याएको छ।

प्रतियोगिताको आयोजनामा सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय तथा न्यू वेभ एकेडेमी, वीरगञ्जको सहभागिता रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाजसेवी प्रकाश उपाध्यायद्वारा मानव सेवा आश्रमका ५० जनालाई रात्री भोजन
धर्म

समाजसेवी प्रकाश उपाध्यायद्वारा मानव सेवा आश्रमका ५० जनालाई रात्री भोजन

प्रकाशित : २०८३ कार्तिक २०,बिहीबार
सगरमाथा एकेडेमीमा दीपावली तथा छठ पर्वको अवसरमा भव्य दियो निर्माण तथा रंगोली प्रतियोगिता सम्पन्न
राष्ट्रिय

सगरमाथा एकेडेमीमा दीपावली तथा छठ पर्वको अवसरमा भव्य दियो निर्माण तथा रंगोली प्रतियोगिता सम्पन्न

प्रकाशित : २०८३ कार्तिक २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद