Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नबिल बैंक तथा वीरगंज पब्लिक कलेज को संयुक्त आयोजनामा सामाजिक उद्यम प्रबद्र्धनका लागि कक्षा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक उद्यम प्रबद्र्धनका लागि नबिल बैंक तथा वीरगंज पब्लिक कलेज को संयुक्त आयोजनामा प्रमाणपत्र पाठ्यक्रम कार्यक्रमको उद्घाटन भएको छ ।शनिबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिहंले एक कार्यक्रमका विच उद्घाटन सम्पन्न गरेका छन् । उद्घाटन कार्यव्रmमलाई सम्बोधन गर्दै मेयार सिंहले भने यो निती तथा कार्यक्रम मेरो सपनालाई सकार गदौं छ यस्ता कार्यक्रममा महानगरको के कस्ता सहयोग चाहने महानगर सहयोग गर्ने बताए । कार्यक्रमको नारा टेक अ चान्स,मेक अ चेन्ज नारामा सिमीत नराख्न आग्रह गरे । यस्तै नबिल बैंक मधेश प्रदेशका प्रमुख दिपक कुमार श्रेष्ठ तथा वीरगंज पब्लिक कलेजका कार्यकारी अध्यक्ष प्रा. डां दिपक शाक्यले नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप अन्तर्गतको प्रमाणपत्र कार्यक्रम मधेश प्रदेशको वीरगंज पब्लिक कलेजसंग सहकार्य गरि प्रमाणपत्र कक्षा सुरु गर्न लागिएको बताउनु भयो ।
नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप मधेश प्रदेशका संयोजक अरविन्द श्रेष्ठले सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको अन्तर्गत प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचमा २५ जना सहभागी रहेको बताए ।यो तालिम वर्ष भरीमा ४ वटा कक्षा संचालन हुने र एउटा कक्षा ३ महिनाको हुने बताए ।
उनले भने प्रमाणपत्र कार्यक्रमले मुख्यगरी कृषि, शिक्षा, स्वास्थ्य, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिइने छ ।
श्रोष्ठले भने समाजमा सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य रहेको छ । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने बताए ।
वीरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार सोे कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् बताउनुभयो । आवेदकहरुले पेश गरेको आवेदनलाई सामाजिक उद्यमको सम्भाव्यता अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्ने सक्ने जस्ता मापदण्ड राखेर सहभागिहरुको छनौट गरिएको छ । छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । सो कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको सो साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ असार ११,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ असार ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद