Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

बाराको नौतन बहुअरीमा जसपाको भव्य कार्यकर्ता भेला सम्पन्न,

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २५,बुधबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बाराको परवानीपुर गाउँपालिका वडा नं. ५, नौतन बहुअरीमा भव्य कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव ले कार्यक्रमलाई सम्बोधन गदैं भने “जनताको अधिकार, सामाजिक न्याय र संघीयताको रक्षाका लागि जसपा निरन्तर लडिरहेको छ। अबको राजनीति देश र जनताको हितमा हुनुपर्छ, सत्ता स्वार्थमा होइन।” उनले भने “संघीयता र सामाजिक न्यायका लागि हाम्रो संघर्ष जारी छ” साथै युवाहरूको सहभागिता र पार्टीप्रति बढ्दो आकर्षणलाई “सकारात्मक संकेत” भन्दै, पार्टीको अभियानलाई जन–जनसम्म पुर्‍याउन कार्यकर्तालाई सक्रिय बन्न आह्वान गरे ।

यस्तै कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले भने “हामीले मधेस आन्दोलनबाट पाएको अधिकारलाई रक्षा गर्न अझ सचेत र संगठित बन्न आवश्यक रहेको छ।” उनले भने “अधिकारको रक्षा सचेत र संगठित भएर मात्र सम्भव” रहेको तथा “पार्टीभित्र युवाहरूको प्रतिबद्धता र उत्साहले संगठन थप सशक्त हुँदै गएको छ।”

नेता आत्माराम साहले कार्यक्रमलाई सम्बोधन गदैं भने स्थानीयस्तरमा जनताको समस्या बुझेर उनीहरूसँगै उभिनुपर्ने बताउँदै, “सञ्जु जस्ता युवा नेताको नेतृत्वमा पार्टी अझ विस्तार हुनेछ” भन्ने विश्वास व्यक्त गरे। क्षेत्रीय कमिटी बारा ४ को आयोजनामा सम्पन्न कार्यक्रममा सयौं स्थानीय कार्यकर्ता र सर्वसाधारणको उत्साहजनक सहभागिता युवा नेताप्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष तथा युवा नेता सञ्जु साहले कार्यक्रमलाई सम्पान्न गदैं भने “मैले राजनीतिलाई सेवा सम्झेर सुरु गरेको हुँ। गाउँ–गाउँमा जनताको आवाज सुन्दै, उनीहरूको भरोसा जित्दै अघि बढिरहेको छु।”
गरेका थिए भने थिए। कार्यक्रममा रामचन्द्र सिंह, महिला नेतृहरू, युवा नेताहरू र पार्टीका अन्य स्थानीय अगुवाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सरोज यादव, उमेश साह, कृष्ण साह, सन्दिप यादव, पानमती देवी लगायतका स्थानीय नेताहरूले व्यवस्थापनमा सहयोग गरेका थिए।
कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, कार्यकर्ताहरूको गुनासो, र आगामी निर्वाचनको रणनीति लगायतका विषयमा गहन छलफल गरिएको थियो। स्थानीयस्तरमा जसपाको लोकप्रियता अझ मजबुत हुँदै गएको संकेत यस कार्यक्रममा देखिएको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २५,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद