Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामाकान्त ओझैयाको अध्यक्षतामा २१ सदस्यीय नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा गठन

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज,२६ चैत-प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा जिल्ला कमिटी गठन भएको छ । बीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालय विर्ताको सभाहलमा आयोजित प्रगतिशिल शिक्षकहरुको एक भेलाले रामाकान्त औझैयाको अध्यक्षतामा केही सदस्य थप्ने गरी २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा रामजी चौहान, महिला उपाध्यक्षमा कविता फँुयाल, सचिवमा चन्द्रमोहन प्रसाद चौरसिया, सहसचिवमा ममता चौधरी, कोषाध्यक्षमा असेश्वर यादव, सह–कोषाध्यक्षमा निरमाया आले सर्वसहमत चयन भएका छन्् । सदस्यहरुमा रामबच्चन चौरसिया, प्रेम प्रसाद, सम्पत यादव लगायतका चयन भएका छन् ।

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नेपालेन्दु साहको विशेष पहलमा एवं गोपिचन्द यादवको सभापतित्वमा सम्पन्न भएको भेलामा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, स्थायी कमिटी सदस्य एवं बीरगन्ज महानगर इन्चार्ज चिरञ्जिवी आचार्य, संविधान सभा सदस्य रामचन्द्र साह, पर्सा अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल लगायतका शिक्षकहरुको भेलालाई सम्बोधन गर्दै शिक्षकहरुको पेशागत विकास, सुरक्षा तथा हक अधिकारका लागि देशका सबै शिक्षकहरु प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनमा गोलबद्ध हुन आग्रह गरे ।

कार्यक्रममा वक्ताहरुले पछिल्लो समयमा शिक्षकहरुको मनोभावना गिराउने काम स्थानीय सरकारले गरेको चर्चा गर्दै देशको भविष्य कोर्ने भावी पुस्तालाई बाटो देखाउने काम गर्दै आएका शिक्षकहरु उपर कुनै किसिमको अनावश्यक दबाब सृजना गरिए सिंगो नेकपा एकिकृत समाजवादी पार्टी शिक्षकहरुको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७८ चैत्र २६,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७८ चैत्र २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद