Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ पुष २०,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज १५, पर्सामा औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौताअनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्य अन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी टिकट, जनरल बेड, आईसीयू,एनआईसीयू,पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी तथा आईपीडी फार्मेसी सेवामा विशेष छुट प्रदान गरिने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष श्री सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।

कार्यक्रममा प्याब्सनको तर्फबाट डा. हरिशङ्कर साह राज्य नीति तथा योजना आयोग सदस्य, हासिम अन्सारी गेम को–अर्डिनेटर साउथ जोन स्कूल को उपस्थिति रहेको थियो भने नेशनल मेडिकल कलेजको तर्फबाट इञ्जिनियर प्रदीप कुमार चौधरी चीफ इन्फर्मेसन अफिसर, तथा जितेश चन्द्र दास मार्केटिङ म्यानेजर सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष २०,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद