Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्सा अमरपटी नाकाबाट भारतिय कुखुराको चल्ला तस्करी पुनः सुरु, सुरक्षाकर्मी र व्यापारीको मिलेमतोमा सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
8
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — एक महिनादेखि बन्द रहेको भारतिय कुखुराको चल्लाको तस्करी पर्साको अमरपटी नाकाबाट फेरि सुरु भएको छ। सुरक्षा निकाय र तस्करहरूबीचको मिलेमतोका कारण अवैध चल्ला ओसारपसार निरन्तर भइरहेको छ।

स्रोतका अनुसार, सशस्त्र प्रहरीको घुमुवा टोलीले उच्च अधिकारीको नाममा मासिक रकम लिई भारतिय चल्लाको तस्करीमा सहजीकरण गरिरहेको छ। अमरपटीका स्थानीय व्यापारी स्वरुप र सन्दीपले यस नाकाबाट चल्ला नेपाल भित्र्याउँदै आएका छन्। नेपाल प्रहरी र पशु क्वारेन्टाइन कार्यालय समेत मौन बसेको आरोप लगाइएको छ।

यी अवैध चल्लाहरू पर्साका विभिन्न पोल्ट्री फार्ममा पुर्‍याइरहेका छन्। केही हप्ताअघि सशस्त्र प्रहरीले बिन्दवासिनी क्षेत्रबाट ७,५०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको थियो, तर अहिले त्यही निकायका केही व्यक्तिहरू आर्थिक लाभको लोभमा तस्करहरूसँग मिलेर काम गरिरहेका छन्।

यस अवैध कार्यले जनस्वास्थ्यमा खतरा निम्त्याउने र स्थानीय कुखुरा व्यवसायमा अनुचित दबाब सिर्जना गर्ने भएकोले सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८२ असार ४,बुधबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद