Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

डेढ सयभन्दा बढीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा जिब्रो छेडे

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २५,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

बागेश्वरी मन्दिरमा यसपटक डेढ सयभन्दा बढीले जिब्रो छेडेका छन् । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशूलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा छ । नेपाल लगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र विजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ ।

चैते दशैं र बडा दसैँको नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्नेको भिड नै लाग्ने गरेको छ । चैते दशैंंको नवरात्रादेखि निराहार व्रत बसेका पुरुषले जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि नै चलेको छ । परम्परा धान्नको लागि नवरात्रको व्रत बसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरिने गरिएको भक्तजनहरूको भनाई छ ।

मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको बताउनुभयो । सतीदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुशी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद