Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाँदर आतङ्कले बाली जोगाउन बारीमै बास

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर, असोज २४ गते । बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका धेरै सदस्य हुनेलाई त पालैपालो बारी कुर्न त्यत्ति गाह्रो भएन तर थोरै सदस्य भएकालाई भने खाना खाने फुर्सद पनि हुँदैन ।

बाँदरबाट बाली बचाउन नवलपुरको बौदीकालीका किसानले दिनभरि बारी कुर्नुपर्ने बाध्यता छ । “आँखा झिमिक्क पा¥यो कि एकैछिनमा आएर स्वाहा पार्दिहाल्छ । बाँदर आतङ्कले आजित भइसक्यौँ,” डेढगाउँका किसान टकबहादुर कार्की क्षेत्रीले भन्नुभयो, “बारीमा जे लगाए पनि बाँदरले नोक्सान गर्ने गरेको छ । एकैछिन घरमा कोही भएन भने सुली ९थाङ्ग्रो० बाट मकै लैजान्छ । घरमा मान्छे नभएको गन्ध थाहा पायो भने त धन्सारबाटै अन्न बाली लैजान्छ । हाम्रो त घरमा बुढाबुढी मात्र छौँ, खाना खाने पालो पाउन पनि गाह्रो छ । बाली जोगाउन धेरै गाह्रो भयो ।”

यहाँका किसानले बाँदरबाट जोगाउन अन्नबालीको सट्टा फलफूल खेती पनि गरे तर फलफूल पनि नष्ट गरिदिन थालेपछि विकल्पविहीन भएका छन् । “उज्यालो भएदेखि रातिसम्म एक जनाले बारी छोड्नै हुन्न । खाना पनि पालैपालो गरेर खानुपर्ने बाध्यता छ, भर्खर लगाएको मकै खोस्रेर दाना नै खाइदिन्छ । उम्रेपछि माडेर सिध्याइदिन्छ,” अर्का किसान मनोज कोइरालाले भन्नुभयो ।

नियन्त्रणको उपाय खोज्न समिति

बजारभन्दा बौदीकाली माथिल्लो भेगमा बाँदर आतङ्क बढी छ । बाँदरले धेरै नै दुःख दिन थालेपछि गाउँपालिकाले नियन्त्रणका उपाय खोज्न वन वातावरण समितिका संयोजकसमेत रहनुभएका वडा नं। ४ का अध्यक्ष मनबहादुर सारूको नेतृत्वमा अध्ययन टोली नै बनायो तर विभिन्न क्षेत्रको अध्ययन र विज्ञसँगको छलफलपछि अध्ययन टोली पनि बाँदर नियन्त्रणका उपाय खोज्न असफल भएको छ ।

“हामीले धेरैतिर बुझ्यौँ । छलफल ग¥यौँ तर केही उपाय लागेन । मार्न पनि नपाइने, पहिले पहिले त भरुवा बन्दुक पड्काएर तर्साउँदा भाग्थ्यो । अहिले त त्यो पनि पड्काउन नपाइने, हामीले त कुनै विकल्प दिन सकेनौँ,” अध्ययन टोलीका संयोजक सारूले भन्नुभयो । हुलका हुल आएर यहाँका किसानलाई बाँदरले आतङ्कित बनाएको उहाँको भनाइ छ । “गहतबाहेक धान, मकै, कोदो, आलु, बोडी, सिमी, केरा सबै खाइदिएर सोत्तर पार्छ,” सारूले भन्नुभयो, “अहिले त झन् बाँदर मात्र नभएर चितुवा, मृग र बँदेलले पनि दुःख दिन थालेका छन् ।”

बसाइँसराइले थप समस्या

गाउँबाट मानिस सुख खोज्दै सहर झर्दा गाउँमा बाँदर आतङ्क बढेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । “बसाइँसराइ नहुँदा माथि जङ्गलको छेउसम्म बस्ती थियो । अहिले बसाइँसराइले बस्ती रित्तिँदै गयो । बाँदर गाउँसम्मै आयो,” अध्यक्ष ओझाले भन्नुभयो ।

गाउँमा शैक्षिक गुणस्तर, स्वास्थ्यमा शुलभता र रोजगारीको अवसर नहुँदा बसाइँसराइ बढ्दै गएको उहाँको भनाइ छ । बसाइँसराइ रोक्न आयआर्जनमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने आफूहरूको प्रयास जारी रहेको ओझाले बताउनुभयो ।

“कृषिलाई आधार मानेर कृषिजन्य सामग्रीको प्रवर्धनमा जोड दिएका छौँ,” अध्यक्ष ओझाले भन्नुभयो, “कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रको निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ । यो गर्न सकियो भने बसाइँसराइ पनि रोकिन्छ र बाँदर आतङ्कबाट पनि डराउनु पर्दैन ।”सभार गोरखापत्रबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद