Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

स्थानीय युवाहरुले गरे विन्दवासिनीमाई मन्दिरमा सरसफाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन १९,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियमा अवस्थित विन्दवासिनीमाई मन्दिर र मन्दिर परिसरमा शनिबार सरसफाई गरिएको छ । केहुनियाका युवाहरुले नवरात्रको तेश्रोदिन शनिबार मन्दिरमा सरसफाई गरेका हुन् ।
वर्षभरि नै पशुबली चढ्ने पर्सा जिल्लाको एकमात्र शक्तिपीठ विन्दवासिनीमाई मन्दिरमा घटस्थापनाका दिनदेखि विजयादशमीको दिनसम्म भक्तजन दर्शनार्थीहरुको भिडभाड लाग्ने गर्दछ भने फुलपातिका दिनदेखि विजयादशमीका दिनसम्म भव्य मेलापनि लाग्ने गरेको छ ।

शनिबार युवाहरुको समुहले विन्दवासिनीमाई मन्दिरको मुख्य मन्दिर र मन्दिर परिसर भित्रको फोहोर सरसफाई गर्नुका साथै अनावश्यक उम्रिएका झारपात समेतको सरसफाई गरेको सरसफाइमा सहभागी स्थानीय युवा गुलशन यादवले बताए ।

यसवर्षको नवरात्रा सुरुभएसंगै दसैकों चहलपहल पनि सुरु भइसक्दासमेत वडा र पालिकाका जनप्रतिनिधिले खासै चाँसो नलिएपछि युवाहरु आफैले सरसफाई गरेको उनले बताए ।सरफाईमा सशस्त्र प्रहरीलेपनि सघाएको उनले बताए ।

देश विदेशबाट पुजा गर्न आउने कतिपय भक्तजनहरुले विन्दवासिनी माईलाई कुलदेवीको रुपमा नै पुजा गर्ने गर्छन् ।
मन्दिरको ईतिहास पूर्वराजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ ।मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्यायका अनुसार, मन्दिरमा भएको प्रमाणको आधारमा तत्कालिन राजा रणबहादुर शाहले करीब डेढ सय वर्ष पहिले केहुनियामा विन्दवासिनीमाईको मन्दिर स्थापना गरेको बताइन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद