वीरगंज, २० मंसिर । पर्सामा रसायनिक मलको अभाव भएको छ । हाल गेंहु खेती गर्ने समयमा मल नपाउँदा कृषकहरु मर्कामा परेका छन् । कृषी सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पालिकाहरुलाई उपलब्ध गराउँदै आएको मलको कोटा प्रयाप्त नहुँदा मलको अभाव भएको हो । कोटा अनुसार पालिकाहरुले वडालाई वितरण गर्दै आएका छन् ।
आवश्यकता अनुसारको मल नपाउँदा गेंहु र मसुरो छर्न ढिलाई भईरहेको कृषकहरु बताउँछन् । मल नपाउँदा गेंहु र मसुरो छर्न समस्या भएको परवानीपुर गाउँपालिका वडा नम्बर ५ निवासी हिरा साहले बताए । ६ सय देखी १२ सय सम्म घरदुरी रहेको वडामा ५० देखी १ सय बोरा मल जादा कृषकहरुलाई वितरण गर्न समेत कृषि सहकारीहरुलाई समस्या भइरहेको छ ।अपुग मल पाउँदा वितरण गर्ने संघ÷संस्था कृषकहरुको गाली, होहल्ला सुन्ने र केही अगुवाहरु धाकधम्की समेत सुन्नु परेको डिलर संचालकहरुले वताउँछन् ।
कृषकको अवश्यकता र क्षेत्रफलको आधारमा कोटा निर्धारण नगर्दा समस्या भएको उनीहरुको भनाई छ । अपुग मल पाएका कारण बोराले चाहिने मल कृषकहरुलाई २० किलो मल मात्र वितरण गर्नु परेको छ । प्रयाप्त मल नपाउँदा गेंहुबालीमा असर पर्ने कृषकहरु वताउँछन् । एक कट्ठाका लागी ५ किलो मल चाहिने भएकोले एक साना कृषकहरुलाई कम्तीमा १ बोरा मलको आवश्यकता रहेको छ ।
धान खेती होस या गेहु खेती सबैमा चाहिने मात्रामा मल नपाउँदा कृषकहरु चाहिने जति बाली उत्पादन गर्न सकेका छैनन । कृषी सामग्री कम्पनी र साल्टट्रेडिंगबाट वितरण गर्दै आएको मल समयमा उपलब्ध नगराउँदा कृषकले पाउन समस्या भएको जिल्ला कृषी सहकारीका नरेश गुप्ताले बताए । नेपालमा मल नपाउँदा कृषकहरु भारतको सिमावर्ती बजार सिक्टा, भेलवा, ईनारर्वा, मैनाटाड र रक्सौलमा जान बाध्य भएका छन । भारतका बजारबाट मल ल्याएर खेतमा छर्दा बाली पनि बिग्रने र बाली कम हुने गरेको वताइन्छ ।
यहासम्मकी जगगाको उर्वरा शक्ति पनि छिन हुन थालेको विज्ञहरु बताएका छन् ।
भारतबाट मल ल्याउदा भारतीय प्रहरी तथा नेपाली प्रहरीलाई प्रति बोरा २५ देखी १०० रुपैया दिन कृषकहरु बाध्य भएका छन । नेपाल कृषी प्रधान देश भएपनि समयमा प्रयाप्त मात्रामा मल उपलब्ध नहुँदा कृषकहरु मर्कामा परेका हुन् ।
© 2024



