Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ। वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

थापालाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। थापाको उपचारका क्रममा मंगलबार दिउँसो १:३५ बजे मृत्यु भएको मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ।

थापाको शव परिवारका सदस्यहरुले बुझिसकेका अस्पताल स्रोतले जानकारी दिएको छ।

लामिछानेको चितवनस्थित (भाडाको) निवासमा सुतेका थापा वैशाख ४ गते बिहान ४ बजे छतबाट खसेका थिए। थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक समेत सुतेका थिए। तर, ढकालका चालकले भने थापा छतबाट खसेकोबारे आफूलाई थाहा नभएको भनेर प्रहरीलाई बयान दिएका थिए।

प्रहरीले थापाको दुर्घटनाका सन्दर्भमा छानबिन जारी रहेको जनाएको छ। अनुसन्धानमा भएको प्रगतिबारे प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद