Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अपाङ्गतामैत्री भाषा प्रयोगमा जोड, सञ्चारकर्मीद्वारा ‘सिमरा घोषणापत्र’ जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १८,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सिमरा । अपाङ्गता भएका व्यक्तिका सवालमा समाचार सम्प्रेषण गर्दा मर्यादित, संवेदनशील तथा अपाङ्गतामैत्री भाषा प्रयोग गर्नुपर्नेमा जोड दिँदै बाराको सिमरामा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेत्रहीन युवा संघ नेपालको आयोजनामा तथा सीबीएम ग्लोबल डिसेबिलिटी इन्क्लुजनको सहयोगमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपाङ्गताका प्रकार, तिनको सही पहिचान तथा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्नुपर्ने उपयुक्त शब्द र भाषाबारे छलफल गरिएको थियो ।

सञ्चारमाध्यममा अन्जानवश प्रयोग हुने गलत तथा अपमानजनक शब्दले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याउनुका साथै समाजमा नकारात्मक धारणा विकास गर्न सक्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा संघकी कार्यक्रम निर्देशक निलु महर्जनले समाचारमा प्रयोग गरिने भाषाले समाजको सोच र दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले अपाङ्गतासम्बन्धी समाचार तयार पार्दा संवेदनशील र सम्मानजनक भाषा प्रयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् ।

महर्जनका अनुसार अभिमुखीकरणको मुख्य उद्देश्य सञ्चारकर्मीलाई अपाङ्गतासम्बन्धी समाचार तयार गर्दा सही शब्द चयन गर्न सहज बनाउनु र सञ्चार सामग्रीलाई थप समावेशी तथा प्रभावकारी बनाउनु हो । उनले अपाङ्गता भएका व्यक्तिलाई दया र सहानुभूतिको पात्रका रूपमा नभई अधिकार प्राप्त नागरिकका रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले समाचारमा प्रयोग हुने शब्द र भाषाले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए । सञ्चारमाध्यममा गलत शब्द प्रयोग हुँदा सर्वसाधारणले समेत त्यसैलाई अनुसरण गर्ने सम्भावना रहने उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले अपाङ्गता भएका व्यक्तिलाई अपमानित महसुस गराउन सक्ने धारणा राखे ।

उपप्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका समस्या उजागर गर्नुका साथै उनीहरूको अधिकार, पहुँच र समावेशिताका सवालमा सम्बन्धित निकायलाई जवाफदेही बनाउने गरी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले प्रेस काउन्सिल नेपालले अपाङ्गता भएका व्यक्तिसम्बन्धी समाचारमा भाषा प्रयोगका विषयमा जारी गरेका आचारसंहिताबारे जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागी सञ्चारकर्मीहरूले अपाङ्गतामैत्री भाषा प्रयोग, मर्यादित सञ्चार अभ्यास र समावेशी पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित ‘सिमरा घोषणापत्र’ मा हस्ताक्षर गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भन्सार राजस्व नतिरी चलाइएका २२ लाख मूल्यका दुई भारतीय गाडी प्रहरी नियन्त्रणमा
राष्ट्रिय

भन्सार राजस्व नतिरी चलाइएका २२ लाख मूल्यका दुई भारतीय गाडी प्रहरी नियन्त्रणमा

प्रकाशित : २०८३ कार्तिक १८,मंगलवार
गोली लागेर गम्भीर घाइते आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार, नेशनल मेडिकल कलेजमा सम्पूर्ण उपचार निःशुल्क
राष्ट्रिय

गोली लागेर गम्भीर घाइते आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार, नेशनल मेडिकल कलेजमा सम्पूर्ण उपचार निःशुल्क

प्रकाशित : २०८३ कार्तिक १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद