Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

गोली लागेर गम्भीर घाइते आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार, नेशनल मेडिकल कलेजमा सम्पूर्ण उपचार निःशुल्क

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १७,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
बारा जिल्लाको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा ल्याइएका बालकको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया र सघन उपचारपछि स्वास्थ्यमा सकारात्मक सुधार देखिएको हो। अस्पतालले आदित्यलाई उपलब्ध गराएको सम्पूर्ण उपचार सेवा निःशुल्क गरेको जनाएको छ।

२०८३ कात्तिक १४ गते ९अक्टोबर ३१, २०२६० बिहान करिब १०स्३० बजे गोली लागेका आदित्यलाई करिब एक घण्टापछि बिहान ११स्३० बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। अस्पताल ल्याउँदा उनको अवस्था अत्यन्तै गम्भीर थियो। अत्यधिक रक्तस्रावका कारण उनी रक्तस्रावजन्य आघात ९ज्थउयखयझिष्अ क्जयअप० मा थिए भने रक्तचाप र मुटुको धड्कन अस्थिर तथा नाडी अत्यन्त कमजोर रहेको थियो।

गोली लागेर पेटभित्रका आन्द्रामा व्यापक क्षति पुगेको थियो भने आन्द्राका केही भाग पेटको घाउबाट बाहिर निस्किएका थिए। तत्काल विशेषज्ञ उपचार र शल्यक्रिया नभए ज्यानै जान सक्ने जोखिम रहेको अवस्थामा अस्पतालको चिकित्सकीय टोलीले शीघ्र उपचार प्रक्रिया अघि बढाएको थियो।

विशेषज्ञ टोलीद्वारा जटिल आकस्मिक शल्यक्रिया
बालकको गम्भीर अवस्थालाई ध्यानमा राख्दै पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा। विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा। आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा। रविन्स कुमार शाह सम्मिलित विशेषज्ञ टोलीले तत्काल जटिल शल्यक्रिया गरेको थियो।

शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने ९च्ष्नजत ज्झष्अयभिअतयmथ०, आन्द्राका भागहरू पुनः जोड्ने ९क्ष्भियअयष्अि ब्लबकतयmयकष्क०, सानो आन्द्रामा भएका प्वालहरू मर्मत गर्ने ९एचष्mबचथ च्भउबष्च या व्भवगलब िएभचायचबतष्यल० तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउने ९ीययउ क्ष्भियकतयmथ० लगायतका जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो। साथै, दाहिने ग्लुटियल क्षेत्रमा रहेको गोलीसमेत निकालिएको थियो।

शल्यक्रिया सफल भए पनि बालकको स्वास्थ्य अवस्था तत्काल सामान्य हुन सकेको थिएन। उनलाई थप जीवनरक्षक उपचारका लागि सघन उपचार कक्ष ९आईसीयू० मा राखिएको थियो।

आईसीयूमा जीवनरक्षक उपचार, चौबीसै घण्टा निगरानी
शल्यक्रियापछि आईसीयू इन्चार्ज डा। निरज केयाल तथा एनेस्थेसिया विभागका डा। राजेश यादवको निगरानीमा बालकको सघन उपचार अघि बढाइएको थियो।

रातिको समयमा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। रक्तचाप तथा रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि आवश्यक परेको थियो भने भेन्टिलेटरको सहायता, चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा ९ँँए० समेत दिइएको थियो।

अत्यन्त संवेदनशील अवस्थामा रहेका बालकको जीवनरक्षाका लागि अस्पतालका विशेषज्ञ चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीले चौबीसै घण्टा उपचार र निरन्तर निगरानी गरेका थिए।

मानवीय सेवाको उदाहरण स् सम्पूर्ण उपचार निःशुल्क
नेशनल मेडिकल कलेजले आदित्य अस्पतालमा रहँदासम्म प्राप्त गरेका सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको जनाएको छ।

आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रक्तसञ्चार, प्रयोगशाला परीक्षण तथा अन्य आवश्यक चिकित्सकीय सेवाबापत बालकको परिवारसँग कुनै शुल्क नलिइएको अस्पतालले जनाएको छ।

आर्थिक अवस्थाका कारण जीवनरक्षक उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले सम्पूर्ण उपचार खर्च आफैँ व्यहोरेको थियो। अस्पतालको यस कदमलाई जटिल परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्व निर्वाह गरेको उदाहरणका रूपमा हेरिएको छ।

प्रबन्ध निर्देशकको नेतृत्वमा समन्वय, सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण
बालकको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं स्थानान्तरण गर्नुपर्ने चिकित्सकीय आवश्यकता देखिएको थियो।

यसका लागि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी उच्च जोखिमयुक्त स्थानान्तरणको व्यवस्था मिलाएको थियो।

स्थानान्तरणअघि बालकका आफन्तलाई स्वास्थ्य अवस्था, थप उपचारको आवश्यकता तथा यात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमबारे चिकित्सकीय परामर्शसमेत दिइएको थियो।

आफन्तको अनुरोधमा २०८३ कात्तिक १५ गते ९नोभेम्बर १, २०२६० बिहान ११स्३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई थप उपचारका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान ९क्ष्इः० अन्तर्गतको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९त्ग्त्ज्०, महाराजगञ्ज, काठमाडौं पुर्‍याइएको थियो।

भेन्टिलेटरबाट हटाइए आदित्य, होसमा आएर मुखबाट खाना खान थाले
जीवनमरणको अवस्थामा वीरगञ्ज ल्याइएका आदित्यको स्वास्थ्यमा अहिले उत्साहजनक सुधार देखिएको छ।

नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रियापछि भेन्टिलेटर र रक्तचाप कायम राख्ने औषधिको सहायतामा उपचार गरिएका आदित्य अहिले भेन्टिलेटरमुक्त भएका छन्।

नोभेम्बर २ सम्म प्राप्त पछिल्लो स्वास्थ्य जानकारीअनुसार उनी होसमा आएका छन्, आफैँ सास फेर्न थालेका छन् र मुखबाट खाना खानसमेत सुरु गरेका छन्। उनी हाल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।

उनको स्वास्थ्यमा आएको सुधारले समयमै गरिएको आकस्मिक उपचार, विशेषज्ञ शल्यक्रिया, सघन उपचार तथा स्वास्थ्य संस्थाबीचको प्रभावकारी समन्वयको महत्वलाई पुनः पुष्टि गरेको छ।

विशेषज्ञ चिकित्सा सेवा र मानवीय प्रतिबद्धताको उदाहरण
यस घटनामा नेशनल मेडिकल कलेजको भूमिका आकस्मिक शल्यक्रियामा मात्र सीमित रहेन। गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल विशेषज्ञ उपचार उपलब्ध गराउने, जटिल शल्यक्रिया गर्ने, सघन उपचार व्यवस्थापन गर्ने, सम्पूर्ण उपचार निःशुल्क प्रदान गर्ने र थप उपचारका लागि काठमाडौं स्थानान्तरणको समन्वय गर्नेसम्म अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

मधेश प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ प्रमाणित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले यस घटनामार्फत आफ्नो विशेषज्ञ चिकित्सकीय दक्षता, आधुनिक उपचार सुविधा, मानवीय सेवाप्रतिको प्रतिबद्धता र संस्थागत समन्वयको महत्व उजागर गरेको छ।

नेशनल मेडिकल कलेज परिवारले आदित्य पासवानको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पोलियो उन्मूलनको सन्देश बोकेर वीरगञ्जदेखि रक्सौलसम्म र्‍याली, नेपाल–भारतबीच ऐक्यबद्धता प्रदर्शन
मुख्य समाचार

पोलियो उन्मूलनको सन्देश बोकेर वीरगञ्जदेखि रक्सौलसम्म र्‍याली, नेपाल–भारतबीच ऐक्यबद्धता प्रदर्शन

प्रकाशित : २०८३ कार्तिक १७,सोमबार
पोखरिया प्रहरी चौकीको कार्यक्षमतामाथि गम्भीर प्रश्न ? विद्यालयमा चोरी, प्रहरीकै गाडीबाट खोसियो घरेलु मदिरा !
मुख्य समाचार

पोखरिया प्रहरी चौकीको कार्यक्षमतामाथि गम्भीर प्रश्न ? विद्यालयमा चोरी, प्रहरीकै गाडीबाट खोसियो घरेलु मदिरा !

प्रकाशित : २०८३ कार्तिक १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद