Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पोलियो उन्मूलनको सन्देश बोकेर वीरगञ्जदेखि रक्सौलसम्म र्‍याली, नेपाल–भारतबीच ऐक्यबद्धता प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ कार्तिक १६,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विश्वबाट पोलियो रोग पूर्ण रूपमा उन्मूलन गर्ने अभियानलाई प्रभावकारी बनाउन वीरगञ्जमा भव्य जनचेतनामूलक र्‍याली निकालिएको छ। अक्टोबर २४ देखि सुरु भएको पोलियो अन्त्य सप्ताह को समापनका अवसरमा आइतबार रोटरी क्लबले वीरगञ्जदेखि भारतीय सीमावर्ती सहर रक्सौलसम्म र्‍याली आयोजना गरेको हो।

रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा निकालिएको र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई नेपाल–भारत सीमास्थित मितेरी पुल हुँदै रक्सौलसम्म पुगेको थियो।

र्‍याली रक्सौल पुग्दा भारत विकास परिषद्का सदस्यहरूले सहभागीहरूलाई स्वागत गरेका थिए। यसले पोलियो उन्मूलन अभियानमा नेपाल र भारतका सामाजिक संस्थाबीचको सहकार्य, एकता र साझा प्रतिबद्धताको सन्देश दिएको थियो।

र्‍यालीमा रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, रोट्र्याक्ट क्लब, इन्टर्याक्ट क्लब तथा इनर ह्वीलका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित र्‍यालीमा सहभागी भई पोलियोविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए।

ुपोलियोमुक्त विश्वु अभियानलाई सफल बनाउन खोप र जनचेतना दुवै आवश्यक रहेको सन्देशसहित आयोजित कार्यक्रममा बालबालिकालाई नियमित पोलियो खोप लगाउन र रोग उन्मूलन अभियानमा सक्रिय सहभागिता जनाउन सर्वसाधारणलाई आग्रह गरिएको थियो।

आयोजकका अनुसार विश्वका विभिन्न देशमा पोलियो नियन्त्रणमा आए पनि विश्वबाट पूर्ण रूपमा उन्मूलन नभएसम्म यसको जोखिम कायम रहने भएकाले अभियानलाई निरन्तरता दिन आवश्यक छ। विशेषगरी बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न नियमित खोपको पहुँच र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्र तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रोटरियन राजकिशोर प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।

पोलियोविरुद्धको लडाइँ कुनै एक देश वा संस्थाको मात्र जिम्मेवारी नभई विश्वव्यापी साझा अभियान भएको सन्देश दिँदै वीरगञ्जदेखि रक्सौलसम्म निकालिएको र्‍यालीले नेपाल–भारतबीच स्वास्थ्य सचेतना र सामाजिक सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।

आयोजकले पोलियो उन्मूलनको विश्वव्यापी लक्ष्य पूरा नभएसम्म जनचेतनामूलक कार्यक्रम र अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पोखरिया प्रहरी चौकीको कार्यक्षमतामाथि गम्भीर प्रश्न ? विद्यालयमा चोरी, प्रहरीकै गाडीबाट खोसियो घरेलु मदिरा !
मुख्य समाचार

पोखरिया प्रहरी चौकीको कार्यक्षमतामाथि गम्भीर प्रश्न ? विद्यालयमा चोरी, प्रहरीकै गाडीबाट खोसियो घरेलु मदिरा !

प्रकाशित : २०८३ कार्तिक १६,आईतवार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

वीरगञ्ज–१४ मा तीन दिनमै दुई दुर्घटना, सडकमा पार्किङ गरिएका ट्रकले बढायो जोखिम

प्रकाशित : २०८३ कार्तिक १६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद