Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज कृषि औजार कारखाना जसरी पनि चलाएर छाड्छु : उद्योगमन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२८ चैत । उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले वीरगन्ज कृषि औजार कारखाना पुर्न सन्चालनमा देखिएको समस्या सामधानका लागि पहल थालेका छन् ।

मन्त्री रिजालकै गृहजिल्लामा करिब दुई दशकदेखि बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना मर्मत सम्भार गरि १ वर्षभित्रै सन्चालनमा ल्याउन सरकारले गत भदौंमा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । तर केन्द्रले कारखाना पुर्न सन्चालनका लागि काम थालेको ७ महिना बित्दा समेत सम्झौता अनुसार अर्थमन्त्रालयले रकम निकासा नगरदिदा कारखना पुर्न सन्चालनमा समस्या भइरहेको गुनासो केन्द्रका अध्यक्ष महावीर पुनले सार्वजनिक गर्दै आइरहेका छन् ।

त्यहि गुनासोलाई सम्बोधन गर्ने प्रयास स्वरुप मन्त्री रिजालले मंगलबार केन्द्रका अध्यक्ष पुनलाई मन्त्रालयमै बोलाएर छलफल गरेका छन् ।मन्त्रालयका सचिवहरुलाई पनि संगै राखेर छलफल गरेका मन्त्री रिजालले कारखाना सन्चालनमा उत्पन्न समस्या र चुनौती बारे केन्द्रका अध्यक्ष पुनसंग जानकारी लिए ।

पुनले अर्थ मन्त्रालयसंगको सम्झौतामा तत्कालका लागि २५ करोड रुपैया केन्द्रलाई उपलब्ध गराउनु पर्ने उल्लेख भएपनि अहिले सम्म एक रुपैया पनि नपाएको गुनासो मन्त्री रिजाल सामु गरे । सरकारले रकम नदिएपनि केन्द्र आफैले आफनो श्रोतसाधन उपयोग गरेर हाल सम्म कारखानाको करिब ७५ प्रतिशत मेशीनहरु मर्मत गरि सन्चालनको अवस्थामा ल्याइसकेको जानकारी पनि उनले मन्त्री रिजाललाइ गराए । पुनले तत्काल दुई वटा ठूला नयाँ मेशीन आवश्यक रहेको र त्यसका लागि कम्तिमा १० करोड रुपैया खाँचो भएको जानकारी पनि गराए । उनले अहिले मर्मत गरिएका पुराना मेशीनहरुबाट साना कृषि औजारहरुको सफल परिक्षण उत्पादन पनि गरिसकेको जानकारी पनि मन्त्री रिजाललाइ गराए ।

छलफलमा उद्योग मन्त्रालयका सचिव डाक्टर तोयनारायण ज्ञवालीले कृषि मन्त्रालय मातहत रहेको कृषि औजार कारखानाका लागि उद्योग मन्त्रालयले सिधै बजेट निकासा गर्न नमिल्ने भएकाले यसका लागि कृषि र अर्थ मन्त्रालयसंग समन्वय आवश्यक रहेको बताएका थिए ।

त्यसपछि मन्त्री रिजालले कारखाना यथाशीघ्र सन्चालनको अवस्थामा ल्याउन उद्योग मन्त्रालय लाग्ने प्रबिद्धता जनाए । कृषि र अर्थ मन्त्रलयसंग समन्वय र सहकार्यका लागि आफु स्वंय नै लाग्ने पनि उनले बताए । त्यसका लागि आवश्यक प्रकृया अगाडि बढाउन उनले उद्योग मन्त्रालयका सचिव ज्ञवालीलाई निर्देशन पनि दिए ।

मन्त्री रिजालले भने,‘मेरो गृह जिल्लाको कृषि औजार कारखाना जसरी हुन्छ सन्चालनमा ल्याएरै छाड्छु , त्यसका लागि मेरो मन्त्रालय र मैले के गर्नु पर्छ म गर्छु ।

रुसको आर्थिक सहयोगमा स्थापना भइ विक्रम संवत २०२४ फागुन २८ गते देखि सन्चालनमा ल्याइएको कृषि औजार कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ चैत ४ मन्त्रीपरिषदको निर्णयबाट बन्द गरेको थियो ।

तर चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने सरकारको घोषणा अनुसार अर्थ मन्त्रालयले कृषि औजार कारखाना मर्मत सम्भार गरि १० वर्ष सम्म सञ्चालन गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । त्यहि अनुरुप केन्द्रले कारखाना र त्यहा रहेका उपकरण र मेशीनहरु मर्मत सम्भार गरि सन्चालन गर्ने तयारी गरिरहेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद