वीरगञ्ज । वीरगञ्ज – १० घडिअर्वामा ३० बर्षदेखि अतिक्रमित रामजानकी मन्दिरको जग्गामा महानगरले शनिबार डोजर चलाएको छ । मन्दिरको जग्गामा अबैध तरिकाले भवन निर्माण गरि तिस बर्षदेखि भोगचलन गर्दै आएकोमा मेयर राजेशमान सिंहको बिशेष सक्रियतामा अतिक्रमण मुक्त गरि डोजर चलाइएको हो ।
यता अतिक्रमित जग्गा खाली गराउन वडा अध्यक्ष सुशिल साहले दोहरो भुमिका खेलेको स्वंय मेयर सिंहले बताएका छन । भवन भत्काउन डोजर लिएर आफै गएका मेयर सिंहले वडा अध्यक्षले एकतिर समन्वय गरेर घर खाली गराईदिन्छु भन्ने र अर्को तिर मुद्दा गर्न लगाउने काम गरेको बताए ।
“वडा अध्यक्ष यहि हुनुहन्छ,उहाँले त मिलाएर तोड्न लगाई दिन्छु भने तर अर्को तिर गएर अदालतमा मुद्दा गर्न लगाए स्टे अर्डर ल्याउने काम गराए” उनले भने । अहिले मेयर सिंहले महानगरको जग्गा कब्जा गरि अबैध संरचना बनाउने प्रति कडा रुपमा प्रस्तुत हुदै जग्गा अतिक्रमण अभियाननै संचालन गरेका छन ।