Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुअरी गाँउमा मंसिर ४ र ५ गते विराट कुश्ती दंगल हुँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८कार्तिक । नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागीतामा विराट कुश्ती दंगल प्रतियोगिता वीरगञ्जमा आयोजना हुने भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक नजिकको बहुअरी गाँउमा आगामी मंसिर ४ र ५ गते हनुमान विराट कुश्ती दंगल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मंगलबार वीरगञ्जको नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा पत्रकार सम्मेलन गरेर आयोजकले उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । मधेसको पहिचान र संस्कृतिका रुपमा परिचित कुश्ती खेल प्रति नयाँ पिंढीलाई आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक महावीर प्रसाद यादवले बताए ।

उनका अनुसार, दुई दिन सम्म चल्ने कुश्ती दंगलमा नेपाल र भारतका गरि २ सय २६ जना कुश्तीबाजले सहभागीता जनाउने भएका छन् ।नेपालका चर्चित कुश्तीबाज देवा थापा, महावीर थापा, केशव बाबा सहित पर्सा , बारा , नवलपरासी लगायतका जिल्लाका कुश्तीबाजहरुले दंगलमा भाग लिने यादवले बताए।

यस्तै भारतको हरियाणा,दिल्ली,बनारस,गोरखपुर,कलकत्ता र पानीपथरीका कुश्तीबाजहरुलेपनि दंगलमा भाग लिने पत्रकार सम्मेलनमा बाराका कुश्तीबाज पन्नालाल कुर्मीले जानकारी गराए । मंसिर ४ गते कुश्ती दंगलको समुद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गर्ने संयोजक यादवले बताए। कुश्ती दंगलको आयोजनामा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यादवले बताए ।

पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री मोहन यादव, हरिओम पटेल लगायतकोपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद