Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएकाे छ । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले यसबारे जानकारी दिएकाे हाे ।

याेसँगै सवारी जाँचका क्रममा नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा मान्य हुनेछ ।

“नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ,” नागरिक एपकाे पोस्टमा लेखिएको छ ।

सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताब सवारी इजाजतपत्र हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेकाले भाैतिक लाइसेन्स नै देखाउनुपर्ने ट्राफिक प्रहरीकाे तर्क थियाे ।

अब भने नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वय भएसँगै सवारी चालकले माेबाइलबाटै लाइसेन्स देखाउन सक्नेछन् । याे सेवा देशव्यापी रूपमै लागू भएकाे नागरिक एपले जनाएकाे छ । सभार : techpana

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक १३,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद