Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आत्मबिश्वास बढाउनकालागि वीरगञ्ज कलेज द्वारा प्रशिक्षणको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा रहेको वीरगञ्ज कलेजले ११ कक्षामा भर्ना भएका बिद्यर्थीहरुकालागि दुई दिने पर्सनालीटी डाईनामिक्स तालीम शनिवारदेखी शुरु गरेको छ ।

वीरगञ्जको होटेल भिषूवामा शुरु गरेको तालिममा कलेजको संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो । , कार्यक्रममा कलेज प्रमुख बिनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, वीरगंज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्द लाल कार्ण, कलेजका सहायक प्रमुख रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी, इसीए कोडिनेटर मनोज बर्णवाल, परीक्षा कोडिनेटर धर्मेन्द्र जयसवाल, बिबिएस इन्चार्ज दिपेशलाल दास लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरी, कलेज प्रमुख बिनेद गुप्ता, कलेजका शिक्षक संदिप साह तथा उत्प्रेरक वक्ता उज्जवल घिमिरेज्यूले विभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण भोली सम्म संचालन हुने डा.चौधरीले जानकारी दिए ।

यस अघि बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले तालीको दीप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । उनले आजको युवा पुस्ताले भोलीकोलागि ज्ञानप्राप्तिमा परिश्रम गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले सफल हुनकालागि चिन्तन सहितको अध्ययनको आवश्यकता रहेकोमा जोड दिए । उनले सफल जीवनकालागि उच्च नैतीकबल आवश्यक रहेको बताए ।

उनले बिद्यार्थीलाई आफनो रुची अनुसारको अध्ययनकालागि प्रेरित गरे । राम्रो अंक ल्याउने वा उच्च स्थान प्राप्त गर्ने दवावमा नरहन आग्रह गरे ।

कार्यक्रममा वीरगंज उधोग संघका वरिष्ठ उपाअध्यक्ष हरी गैतम, ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन दुवेदी, सौसभ सरार्फ , प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया, प्याब्सन पर्साका उपा–अध्यक्ष शिव गुप्ता, गणितको चर्चित शिक्षक लालबाबु यादव, निरज पिटाकोटे, तुलसि भण्डारी, मनोज पटेल , मुस्कान श्रेष्ठ,जगत राई, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमले बिद्यार्थीरुमा आत्मवल बढने र भविष्यको बाटो कोर्नमा उनीहरुलाई सघाउने विश्वास कलेजको रहेको छ । कार्यक्रमको सहजिकरण कलेजका शिक्षक कृष्णा पासवाले गरेका थिए । कलेजका छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद