Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगञ्ज मुर्ली १२ का ३ सय १५ जना बमले गरे देवघाट तीर्थ यात्राको प्रस्थान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३१,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उदेश्यले स्थानियहरु त्यस्तर्फ प्रस्थान गरेका हुन् ।

वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताले आफ्नो निजी खर्चमा स्थानीयहरुलाई देवघाट दर्शनका लागी जाने व्यवस्था मिलाउनु भएको हो । देवघाट जाने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावले कतिपय जान नपाएका स्थानीयलाई आफुले धार्मिक स्थल देवघाट जाने आवश्यक सबै व्यवस्था मिलाएर पठाएको गुप्ताले बताउनुभयो ।

तिर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको वडा अध्यक्ष सुरेश गुप्ताले बताउनुभयो । उहाँहरु देवघाट पुगेर त्यहाँबाट जल लिएर आजै वीरगन्ज फर्किनुहुने तालिका रहेको गुप्ताले बताउनुभयो । देवघाटबाट जलबोझी काँवरिया लिएर आउने तिर्थालुहरुलाई आज वीरगन्जमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमबारको दिन पहिले वीरगन्जको चिनिमिल आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगन्जको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको समाजिक युवा एकता क्लब मूर्लीका अध्यक्ष मण्डलले बताउनुभयो ।

अहिले साउन महिनाको पावन अवसरमा हरेक सोमबार वीरगञ्जको पशुपतिनाथ मन्दिरमा दर्शनका लागी शिवभक्तहरुको ठुलो भिड लाग्ने गरेको छ । तिर्थ यात्रामा रहेका तिर्थालुहरुले वडा अध्यक्ष गुप्ताको यस कदमको प्रसंशा गर्दै खुशी व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० असार ३१,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० असार ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद