Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ ठगी गर्ने गिरोहका ७ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बैंक खातामा अनधिकृत पहुच पुर्‍याइ ठगी गर्ने गिरोहका सात जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने राज नारायण चौरासिया, वडा- १९ विन्दाबासनी बस्ने महम्द मुस्तुफा हवारी, दोलखाको वैदेश्वर गाउँपालिका-५ सिमबारी टोल बस्ने सुन्दर खड्का, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-९ पिङगोला बस्ने महेश थापा, उदयपुरकाे रौतामाई गाउँपालिका-२ भुट्टार बस्ने केवल रास्कोटी, सिरहाको मिर्चैया नगरपालिका- ८ भगवानपुर बस्ने दिपे सदा र सोही जिल्ला गोलबजार नगरपालिका-८ चोहर्वा बस्ने श्रवण दास रहेका छन्।

रौतहट वृन्दावन नगरपालिका-३ वस्ने रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावन राैतहटको शाखामा रहेको खाताबाट गत जेठ ५, ६ र ७ गते उनीहरूले १२ लाख रकम अन्य बैंक तथा खल्ती खातामा अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए।

अनुसन्धानको क्रममा ११ जनाको गिरोह रहेको भनी खुलेको उनले बताए।

ठगी कार्यमा संलग्नहरूले विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाइ खातावालाको मोबाइल अनलाइन बैकिङको युजर नेम र पासवर्डसमेत पहुँचमा लिइ खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेको यादवको भनाइ छ।

सातैजनालाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको यादवले बताए।

उनीहरूको साथबाट विभिन्न बैंकको एटिएम १५ थान, मोबाइल ६ थान, मोटर साइकल एक थान र नगद ६६ हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। सभार : देशसञ्चार 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० असार १६,शनिबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद