Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कन्या मा.वि. र इनर्वा मक्तुम विद्यालयका बालबालिकालाई साहिब दरबारले उपलब्ध गरायो स्वेटर 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०४ माघ । साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि स्वेटर उपलब्ध गराएको छ ।

वीरगञ्जको वडा नम्बर ४ मा रहेको श्री सुन्दरमल रामकुमार कन्या मा.वि. र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराईएको हो ।

कन्या मा.वि. मा १५० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो ।

यस्तै इनर्वा मक्तममा पनि १५० जना विद्यार्थीका लागि स्वेटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् ।

कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् ।

संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो ।

यश अघि संस्थानले सडक पेटी र खुला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो ।

स्वेटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०७९ माघ ४,बुधबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०७९ माघ ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद