Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

सार्वजनिक तथा ऐलानी जग्गा खोज्दै बिन्दबासिनी गाउँपालिका

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१० पुष । बिन्दबासिनी गाउँपालिकाले पालिका भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य तिब्र रुपमा सुरु गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न पालिकाको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो ।

आज आइतबार सार्वजनिक बिदाको दिन पनि वडा नम्वर १ र २ को सीमामा रहेको बहुआर्वा गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । बहुआर्वाका स्थनीयहरुले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर पालिकाले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।

आईतबार पालिकाको टोलीले वडा नम्वर १ का करिब २० जना स्थानियहरुले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १ बहुआर्वामा पर्ने नहरको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो । स्थानीयले आफ्नो नाममा रहेको जमिन आडैमा रहेको ४ कठ्ठा १० धुरको नहरमा माटो पूरी सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।

गाउँपालिका अध्यक्ष तिवारीले पालिकाक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी पालिका माताहातमा ल्याउन अभियान चलाउनु भएको हो । अहिले पालिकासँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले पालिकाले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको अध्यक्ष तिवारीले बताउनुभयो ।

आईतबार पाँचौं दिन भएको र यो अभियान अब ५ वटै वडामा संचालन हुने पनि पालिकाले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न पालिकाले खोजी अभियान अघि बढाएको पनि अध्यक्ष तिवारीले बताउनुभयो ।

अभियान अन्तर्गत वडा नं १ का वडा अध्यक्ष अछेलाल महत्तो , २ का मुक्ति पटेल , पूर्व वडा अध्यक्ष सञ्जय चौहान , गाउँपालिकाका अमिन सम्साद , स्थानिय नेता गौरीशंकर साह , बिवेक चौरसिया , उपनेश चौरसिया लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ पुष १०,आईतवार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ पुष १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद