Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगञ्ज–२७ घुर्मी कुहडी टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित कुहडी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले जेष्ठ नागरिक, जेन्जी युवासहित स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै रास्वपा नेतृत्वमा मात्र यस क्षेत्रका पिछडिएका वर्ग, शिक्षक तथा आम नागरिकको पहुँच सुधार सम्भव हुने विश्वास व्यक्त गरे। उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर स्थायी तथा दिगो रोजगारीको व्यवस्था गर्ने आफ्नो प्राथमिकता रहेको बताए।

कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले समावेशी विकास, सुशासन र अवसर सिर्जनामा आधारित राजनीतिको पक्षमा रास्वपा दृढतापूर्वक उभिएको उल्लेख गरे।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपटक विजयी गराउन एकजुट भई समर्थन जनाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद