Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

रामबन र तेढा गाउँमा परागको घरदैलो, युवालाई रोजगारीको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत रामबन र तेढा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र समस्याहरू सुन्नुभयो। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडकको विकास, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्या बारे आफ्नो धारणा राखेका थिए।

सो अवसरमा युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएका थिए। उम्मेदवार सिंहले उक्त समस्या गम्भीर रहेको बताउँदै आफू निर्वाचित भए लगत्तै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम र आत्मनिर्भर कार्यक्रममार्फत रोजगारीको बाटो खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै “तपाईं पनि जनताको हितमा काम गर्ने नेता बन्नुहोस्, हामी सबै तपाईंको साथमा छौं” भन्ने विश्वास व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ माघ २६,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद