Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको घरदैलो अभियान : अलौ टोलमा जेष्ठ नागरिक र युवाको साझा आवाज—‘अब पुरानाको भरमा होइन, नयाँ नेतृत्व चाहिन्छ’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. १७ को अलौ टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेष्ठ नागरिकबाट विजयको अग्रिम शुभकामना तथा जेन्जी युवाको उत्साहपूर्ण सहभागितासहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

घरदैलोका क्रममा स्थानीय जेष्ठ नागरिकहरूले परम्परागत दल र पुरानै नेतृत्वको भरमा अब अघि बढ्न नसकिने स्पष्ट सन्देश दिएका थिए। उनीहरूले देश र समाजको वास्तविक परिवर्तनका लागि युवा नेतृत्वसहित नयाँ सोच र नयाँ दलको आवश्यकता रहेको भन्दै रास्वपाप्रति समर्थन व्यक्त गरे। “अब पुरानै अभ्यास दोहोर्‍याएर हुँदैन, नयाँलाई अवसर दिनुपर्छ,” भन्ने नारा टोलभरि सुनिएको थियो।

कार्यक्रममा सहभागी स्थानीय अगुवाहरूले विगतमा पटक–पटक गणतन्त्र ल्याएको, सडक निर्माण गरेको जस्ता आश्वासनमा आफूहरू झुकाइए पनि यसपटक भने नझुकिने दृढ अडान व्यक्त गरे। उनीहरूले विकास र परिवर्तन केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्नेमा जोड दिए।

रास्वपाका प्रतिनिधिहरूले घरदैलोका क्रममा सुशासन, पारदर्शिता, व्यवहारिक विकास र नागरिकको प्रत्यक्ष सहभागितामूलक राजनीतिलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए। स्थानीय आवश्यकता र जनताको प्राथमिकतालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुरानै शैलीको राजनीति तोड्ने समय आएको धारणा राखिएको थियो।

जेन्जी युवाहरूले पनि रोजगारी, शिक्षा, स्वास्थ्य र भविष्यप्रति बढ्दो अनिश्चितताप्रति चिन्ता व्यक्त गर्दै नयाँ राजनीतिक विकल्पको खोजी अपरिहार्य भएको बताएका थिए। जेष्ठ नागरिक र युवाबीच देखिएको साझा भावना रास्वपाको अभियानलाई थप बलियो बनाउने संकेतका रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बिन्दवासिनी गाउँपालिकामा दलित आवास योजनामा अनियमितताको आरोप : लाभग्राहीलाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाइएको भन्दै दलित महिलाको प्रदर्शन
आर्थिक

बिन्दवासिनी गाउँपालिकामा दलित आवास योजनामा अनियमितताको आरोप : लाभग्राहीलाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाइएको भन्दै दलित महिलाको प्रदर्शन

प्रकाशित : २०८२ माघ २१,बुधबार
प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक
खेलकुद

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद