बिरगंज — साउथ जोन सेकेन्ड्री स्कुल, बिरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरुले अध्ययन भ्रमणको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरको अवलोकन गरेका छन्।
बढ्दो गर्मी र भक्तजनहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै, विद्यार्थीहरूले मन्दिर परिसरमा प्रयोग गर्न मिल्ने गरी पाँच थान सिलिङ्ग फ्यान प्रदान गरेका छन्।
एक विशेष कार्यक्रममा कक्षाका शिक्षक अर्जुन चौधरीको अगुवाइमा विद्यार्थीहरूले मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई फ्यान हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वार्ड अध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू, पत्रकार हरिकिशोर शर्मा तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय समुदायले विद्यार्थीहरूको यस कार्यलाई प्रशंसनीय कदमका रूपमा लिँदै, यसले सामाजिक उत्तरदायित्वको भावना विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।



