Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथ जोन सेकेन्ड्री स्कुलका विद्यार्थीद्वारा जिराभवानी मन्दिरमा पंखा प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २१,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज — साउथ जोन सेकेन्ड्री स्कुल, बिरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरुले अध्ययन भ्रमणको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरको अवलोकन गरेका छन्।

बढ्दो गर्मी र भक्तजनहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै, विद्यार्थीहरूले मन्दिर परिसरमा प्रयोग गर्न मिल्ने गरी पाँच थान सिलिङ्ग फ्यान प्रदान गरेका छन्।

एक विशेष कार्यक्रममा कक्षाका शिक्षक अर्जुन चौधरीको अगुवाइमा विद्यार्थीहरूले मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई फ्यान हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वार्ड अध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू, पत्रकार हरिकिशोर शर्मा तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय समुदायले विद्यार्थीहरूको यस कार्यलाई प्रशंसनीय कदमका रूपमा लिँदै, यसले सामाजिक उत्तरदायित्वको भावना विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार २१,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद