Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाँदर आतङ्कले बाली जोगाउन बारीमै बास

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर, असोज २४ गते । बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका धेरै सदस्य हुनेलाई त पालैपालो बारी कुर्न त्यत्ति गाह्रो भएन तर थोरै सदस्य भएकालाई भने खाना खाने फुर्सद पनि हुँदैन ।

बाँदरबाट बाली बचाउन नवलपुरको बौदीकालीका किसानले दिनभरि बारी कुर्नुपर्ने बाध्यता छ । “आँखा झिमिक्क पा¥यो कि एकैछिनमा आएर स्वाहा पार्दिहाल्छ । बाँदर आतङ्कले आजित भइसक्यौँ,” डेढगाउँका किसान टकबहादुर कार्की क्षेत्रीले भन्नुभयो, “बारीमा जे लगाए पनि बाँदरले नोक्सान गर्ने गरेको छ । एकैछिन घरमा कोही भएन भने सुली ९थाङ्ग्रो० बाट मकै लैजान्छ । घरमा मान्छे नभएको गन्ध थाहा पायो भने त धन्सारबाटै अन्न बाली लैजान्छ । हाम्रो त घरमा बुढाबुढी मात्र छौँ, खाना खाने पालो पाउन पनि गाह्रो छ । बाली जोगाउन धेरै गाह्रो भयो ।”

यहाँका किसानले बाँदरबाट जोगाउन अन्नबालीको सट्टा फलफूल खेती पनि गरे तर फलफूल पनि नष्ट गरिदिन थालेपछि विकल्पविहीन भएका छन् । “उज्यालो भएदेखि रातिसम्म एक जनाले बारी छोड्नै हुन्न । खाना पनि पालैपालो गरेर खानुपर्ने बाध्यता छ, भर्खर लगाएको मकै खोस्रेर दाना नै खाइदिन्छ । उम्रेपछि माडेर सिध्याइदिन्छ,” अर्का किसान मनोज कोइरालाले भन्नुभयो ।

नियन्त्रणको उपाय खोज्न समिति

बजारभन्दा बौदीकाली माथिल्लो भेगमा बाँदर आतङ्क बढी छ । बाँदरले धेरै नै दुःख दिन थालेपछि गाउँपालिकाले नियन्त्रणका उपाय खोज्न वन वातावरण समितिका संयोजकसमेत रहनुभएका वडा नं। ४ का अध्यक्ष मनबहादुर सारूको नेतृत्वमा अध्ययन टोली नै बनायो तर विभिन्न क्षेत्रको अध्ययन र विज्ञसँगको छलफलपछि अध्ययन टोली पनि बाँदर नियन्त्रणका उपाय खोज्न असफल भएको छ ।

“हामीले धेरैतिर बुझ्यौँ । छलफल ग¥यौँ तर केही उपाय लागेन । मार्न पनि नपाइने, पहिले पहिले त भरुवा बन्दुक पड्काएर तर्साउँदा भाग्थ्यो । अहिले त त्यो पनि पड्काउन नपाइने, हामीले त कुनै विकल्प दिन सकेनौँ,” अध्ययन टोलीका संयोजक सारूले भन्नुभयो । हुलका हुल आएर यहाँका किसानलाई बाँदरले आतङ्कित बनाएको उहाँको भनाइ छ । “गहतबाहेक धान, मकै, कोदो, आलु, बोडी, सिमी, केरा सबै खाइदिएर सोत्तर पार्छ,” सारूले भन्नुभयो, “अहिले त झन् बाँदर मात्र नभएर चितुवा, मृग र बँदेलले पनि दुःख दिन थालेका छन् ।”

बसाइँसराइले थप समस्या

गाउँबाट मानिस सुख खोज्दै सहर झर्दा गाउँमा बाँदर आतङ्क बढेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । “बसाइँसराइ नहुँदा माथि जङ्गलको छेउसम्म बस्ती थियो । अहिले बसाइँसराइले बस्ती रित्तिँदै गयो । बाँदर गाउँसम्मै आयो,” अध्यक्ष ओझाले भन्नुभयो ।

गाउँमा शैक्षिक गुणस्तर, स्वास्थ्यमा शुलभता र रोजगारीको अवसर नहुँदा बसाइँसराइ बढ्दै गएको उहाँको भनाइ छ । बसाइँसराइ रोक्न आयआर्जनमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने आफूहरूको प्रयास जारी रहेको ओझाले बताउनुभयो ।

“कृषिलाई आधार मानेर कृषिजन्य सामग्रीको प्रवर्धनमा जोड दिएका छौँ,” अध्यक्ष ओझाले भन्नुभयो, “कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रको निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ । यो गर्न सकियो भने बसाइँसराइ पनि रोकिन्छ र बाँदर आतङ्कबाट पनि डराउनु पर्दैन ।”सभार गोरखापत्रबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ आश्विन २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद