Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर, ८ पुस । चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिनुभयो ।

“अधिकांश वन्यजन्तुको उद्धार गरेपछि घाउ र चोटपटकको उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले पनि एउटा बाघ र एउटा चितुवाको अस्पतालमै राखेर उपचार गरिएको छ ।” सरकार र विभिन्न सहयोगी दाताबाट अस्पताल सञ्चालन गरिएको जनाउँदै उहाँले नियमित बजेटको अभाव रहेको बताउनुभयो ।

अस्पतालबाट हात्तीसारमा रहेका सबै हात्तीको नियमित उपचार गर्ने गरिएको पशु चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो । हात्तीको नियमित नङ काट्नुका साथै नङको अवस्था र घाउ चोटपटकको नियमित उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । “अरु समस्याको उपचारका साथै हात्तीलाई थप भिटामिन र मिनरल्स दिइन्छ”, उहाँले भन्नुभयो, “जुका र नाम्लेको औषधि पनि नियमित खुवाउने गरिएको छ ।”

वन्यजन्तु अस्पतालमा रोग पत्ता लगाउने प्रयोगशाला सहित एक्सरे र ‘अल्ट्रासाउण्ड’ मेसिनसमेत व्यवस्था छ । “वन्यजन्तुको रगत, दूधको जाँच र पिसाब पनि यही जाँच गर्न सकिन्छ, विशेष गरेर साना वन्यजन्तुलाई अस्पतालमै उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो । गत वर्षमात्रै धेरै हात्तीको ‘अल्ट्रासाउण्ड’ गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

ठूला घाइते र बिरामी जनावरलाई निकुञ्ज क्षेत्रमै पुगेर उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । अस्पताल स्थापनापछि वन्यजन्तुको रोग पहिचान र उपचारमा सहयोग भएको छ । घाइते वन्यजन्तुलाई एम्बुलेन्स राखेर ल्याउने गरेको गरेको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पूर्वाधार तयार भए पनि अस्पताल पूर्णरूपमा सञ्चालन ल्याउन सकिएको छैन । कार्यविधि तयार भएको भन्दै उहाँले यसलाई पूर्णता दिएर छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि वन्यजन्तु प्राविधिक र पशुचिकित्ससहित छ कर्मचारी खटाइएको छ ।रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद