Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा रेडक्रस सर्कल एक्शन टिम विस्तार, युवा सहभागितामा जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रेडक्रस सर्कल एक्शन टिम (RCAT) को नयाँ एकाइ शान्तिपूर्ण वातावरणमा गठन गरिएको छ। सामाजिक सेवा, मानवीय सहायता तथा युवा सहभागितालाई थप सशक्त बनाउने उद्देश्यसहित उक्त एकाइ गठन गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाअन्तर्गत गठित नयाँ एकाइमा अध्यक्षमा राहुल पटेल, उपाध्यक्षमा रुची पटेल, सचिवमा अमन पटेल तथा सहसचिवमा मनिषा राउत चयन भएका छन्। अन्य सदस्यसहित करिब ४० जनाको समिति गठन गरिएको जनाइएको छ। कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्थानीय सरोकारवाला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रेडक्रसका सिद्धान्तअनुसार निष्पक्ष, स्वेच्छिक र मानव सेवामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनिर्मित RCAT एकाइले विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम, जनचेतनामूलक अभियान तथा समुदायमा आवश्यक विभिन्न मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए। कार्यक्रम शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद