Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज– २३ माघ २०८२
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता (MOU) औपचारिक रूपमा सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रमका कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियतसहित प्रदान गर्नेछ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी, र मानवसेवा आश्रमका तर्फबाट संरक्षक श्री देवेश प्रसादले हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक श्री सहनवाज अन्सारी, CIO ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो।

यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ। नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मात्र होइन—‘सेवा भन्दा पनि पर’ (Service Beyond) भन्ने भावनाका साथ समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु
मुख्य समाचार

पार्किङको विवादमा वीरगंजमा एकजनाको मृत्यु, एक जना पक्राउ

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद