Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित एकजना वीरगञ्जबाट पक्राउ, ८ लाख रुपैयाँ बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — सशस्त्र प्रहरीले पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सखुवापर्सौनी गाउँपालिका–५ निवासी ४३ वर्षीय राजेश कुमार साह तेली हुन्।

विशेष सूचनाका आधारमा खटिएको संयुक्त सुरक्षाको टोलीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट क्षेत्रमा मंगलबार दिउँसो चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको हो। बीआर ०५ बीएफ ०४६९ नम्बरको भारतीय मोटरसाइकलमा आएका साहको साथबाट जम्मा ८ लाख ७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकम विवरण अनुसार

रु. १,००० दरका नोट – ५१५ थान

रु. ५०० दरका नोट – ५७२ थान

रु. १०० दरका नोट – ६० थान

संयुक्त अपरेशन सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंह र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, वीरगञ्जका सहायक निरीक्षक मोहम्मद मुस्ताक अलीको नेतृत्वमा सञ्चालन गरिएको थियो। टोलीमा १० जना सुरक्षाकर्मी सहभागी थिए।

करीब रु। १ लाख ५० हजार मूल्यको मोटरसाइकलसहित पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद