Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

उपाध्यक्ष कानुईनकै टोलमा रहेको मन्दिरको दयनिय अवस्था: फोहोर र पानीको समस्या उस्तै, स्थानियमा आक्रोश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १३,मंगलवार
A A
12
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर ।
परवानीपुर गाउँपालिका–५, टोल नौतनमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्रीराम जानकी मन्दिर दयनिय अवस्थामा पुगेको छ। स्थानीयहरूको भनाइ अनुसार मन्दिर परिसरमा फोहोर व्यवस्थापन र खानेपानीको व्यवस्था एकदमै नाजुक रहेको छ, जसले भक्तजन र सर्वसाधारणलाई निकै असहज बनाएको छ।

गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कानुईनकै टोलमा रहेको यस मन्दिरमा उनले पछिल्लो समय पार्वती मन्दिरको शिलान्यास गरेकी हुन्। तर स्थानीयको आरोप छ कि मुख्य मन्दिरको अवस्थाप्रति उनले कुनै गम्भीरता देखाएकी छैनन्।

स्थानीय बासिन्दाले बताए अनुसार विगत केही वर्षदेखि श्रीराम जानकी मन्दिरमा धार्मिक विवादका कारण दुई गुटमा विभाजित अवस्था रहेको छ। दुबै गुट छुट्टाछुट्टै धार्मिक कार्यक्रम गर्दै आए पनि सार्वजनिक हितका विषयमा चासो नदिइएको देखिन्छ।

एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताए अनुसार, “मन्दिरका लागि आएको अनुदानबाट ल्याइएको पानी ट्यांकी अन्य योजनामा प्रयोग गरिएको छ। अहिले मन्दिरमा पानीको हाहाकार छ।”

यो समस्याले धार्मिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पारिरहेको छ। तर स्थानीय बुद्धिजीवी तथा मन्दिर समितिका अध्यक्ष मौन छन्, जसप्रति आम जनताको चासो र आक्रोश बढ्दो छ।

स्थानीयहरू मन्दिरको संरक्षण, सरसफाइ, र मूलभूत सुविधा जस्तै पानीको तत्काल व्यवस्था गर्न माग गर्दै छन्। सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै, उनीहरूले यथाशीघ्र उचित कदम चाल्न आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण १३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद