Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्सामा विकास बजेट खर्च न्यून, असारको अन्त्यसम्म सुधारको आशा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १९,बिहीबार
A A
file pic

file pic

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — चालु आर्थिक वर्ष सकिन अब डेढ साता मात्र बाँकी रहँदा पनि पर्सा जिल्लामा विकास बजेट खर्चको अवस्था सन्तोषजनक देखिएको छैन। अहिलेसम्म जिल्लामा जम्मा ४१।७४ प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जानकारी दिएको छ।

यो आर्थिक वर्षको सुरुआत साउन महिनादेखि हालसम्म पर्सा जिल्लाको २ अर्ब ७५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको पुँजीगत बजेटमध्ये करिब १ अर्ब ३४ करोड रुपैयाँ मात्रै खर्च भएको देखिन्छ।

विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूमध्ये सबैभन्दा ठूलो बजेट पाएको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जले आफ्नो १ अर्ब ३५ करोड बजेटमध्ये ४१ करोड ५५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ।

हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जले ३१ करोड बजेटमध्ये १९ करोड ९६ लाख, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ४५ करोड बजेटमध्ये २१ करोड ८० लाख, र नारायणी सिँचाइ डिभिजनले १७ करोडको बजेटमध्ये १० करोड ६८ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

सामान्य खर्च ९चालु बजेट० तर्फ भने केही सुधार देखिएको छ। ११ अर्ब ५ करोड रुपैयाँ बराबरको चालु बजेटमध्ये ८८।४३ प्रतिशत खर्च भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ।

कार्यालयका सूचना अधिकृत बसन्त गुरागाईंका अनुसार कतिपय कार्यालयले ढिलो बजेट प्राप्त गरेकाले त्यसको प्रभाव खर्चमा परेको हो। असार २५ गतेसम्म मात्र खर्च गर्न पाइने व्यवस्था रहेकोले बाँकी समयभित्र केही हदसम्म बजेट खर्च वृद्धि हुने अपेक्षा गरिएको छ।

उनका अनुसार हालको अवस्था हेर्दा ५० देखि ५५ प्रतिशतसम्म मात्र विकास बजेट खर्च हुने सम्भावना देखिन्छ, तर संस्थागत सुधार र समयमै बजेट हस्तान्तरण भएमा भविष्यमा सुधार सम्भव रहेको विश्वास उनले व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८२ असार १९,बिहीबार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद