Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्जलाई बजेटमा अन्याय, सरकारको प्राथमिकतामा छैन– आजपा अध्यक्ष प्रभु साह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १२,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – आम जनता पार्टी ९आजपा० का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संघीय सरकारको बजेटमा वीरगन्ज उपेक्षित भएको आरोप लगाएका छन्। वीरगन्जमा आज आजपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता साहले वीरगन्जका तीन जना नेताहरू संघीय सरकारमा मन्त्री भए पनि बजेटमा शहरका लागि विशेष केही नदेखिएको भन्दै गुनासो गरे।

उनले नारायणी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउने, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने र वीरगन्जलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने प्रतिबद्धता बजेटमा झल्कन नपाएको बताए।

‘बजेटमा देखिएन वीरगन्जका लागि योजना’

“कांग्रेसकै खेलकुद मन्त्री हुँदा पनि यहाँ हस्ताक्षर अभियानको नाटक मात्रै चलिरहेको छ,” साहले व्यंग्य गर्दै भने, “यहाँ अर्बौंको बजेट ल्याएको भनेर भाषण दिने मन्त्री काठमाडौं पुगेपछि फेरि बजेट नपाएको भन्दै हात उठाउँछन्। यो दोहोरो चरित्र बन्द गर्नुस्।”

साहले वीरगन्जका मुद्दालाई राजनीतिक प्रचारको औजार बनाउने तर कार्यान्वयनमा बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाए।

‘मधेशको शिक्षा प्रणालीलाई कमजोर बनाउन खोजिएको छ’

उनले मधेशमा विद्यार्थीको संख्या अनुसार विषयगत र तहगत शिक्षकको व्यवस्थापन नभएकोमा चिन्ता व्यक्त गरे। “सरकारले नियोजित रूपमा मधेशको शिक्षा प्रणाली ध्वस्त बनाउने प्रयास गरिरहेको छ,” साहको आरोप थियो।

प्रधानमन्त्रीको स्पेन भ्रमणको आलोचना

साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी स्पेन भ्रमणलाई “फजुल खर्च” भन्दै कडा आलोचना गरे। “युद्धग्रस्त देशहरूमा फसेका नेपालीको उद्धारका लागि भारतसँग सहयोग माग्नुपर्ने अवस्थामा प्रधानमन्त्री र मन्त्रीहरू विदेश भ्रमणमा लावालस्कर जाँदैछन्,” उनले भने।

उनले विदेश भ्रमणलाई जनताको करको चरम दुरुपयोगको संज्ञा दिँदै प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहारप्रति असन्तोष व्यक्त गरे।

‘सरकार जनतामाथि मात्र होइन, आफ्ना कार्यकर्तामाथि पनि बोझ’

साहले वर्तमान सरकारलाई स्वार्थको गठजोडको परिणाम मात्र भएको टिप्पणी गर्दै भने, “यो सरकार न राष्ट्रिय राजनीतिमा सफल छ, न विदेश नीतिमा सन्तुलन कायम गर्न सकेको छ। जताततै भाँडभैलो मच्चिएको छ।”

उनले कर आतंक, बजेटको मनपरी वितरण र जनताप्रति संवेदनहीन व्यवहारले देशको अर्थतन्त्र, उद्योग र व्यापार धराशायी बन्ने अवस्थामा पुगेको दाबी गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ असार १२,बिहीबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ असार १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद