Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्सागढी नगरपालिकाको ५६ करोडको बजेट सार्वजनिक ,पूर्वाधार, सेवा, र समावेशी विकासमा विशेष जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ७,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, असार ७ — पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा शुक्रबार सम्पन्न १३औं नगरसभामा नगर उपप्रमुख पूजा चौधरीले बजेट प्रस्तुति गरेकी हुन्।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले भनिन्,

“समृद्ध र उत्तरदायी पर्सागढी निर्माण हाम्रो साझा संकल्प हो। यो बजेट त्यसै दिशातर्फको स्पष्ट खाका हो।”

बजेटका प्रमुख आय स्रोतहरू
संघीय सरकारबाटस्

वित्तीय समानीकरण अनुदानस् ११ करोड ७६ लाख

सशर्त अनुदानस् २६ करोड ९० लाख

राजस्व बाँडफाँटस् १० करोड ६१ लाख १ हजार ८९९

प्रदेश सरकारबाटस्

वित्तीय समानीकरण अनुदानस् ८२ लाख ६ हजार

सशर्त अनुदानस् ९५ लाख

राजस्व बाँडफाँटस् ८० लाख ८४ हजार ५८०

अन्य स्रोतहरूस्

विशेष अनुदानस् ३० लाख

समपूरक अनुदानस् २० लाख

आन्तरिक आयस् २ करोड ७१ लाख १० हजार

अनुमानित मौज्दातस् १ करोड

खर्चका प्राथमिकता क्षेत्रहरू
कर्मचारी तलब, प्रशासन, र कार्यसञ्चालनका लागि ठूलो हिस्सा छुट्याइएको छस्

३० करोड ६४ लाख ८६ हजार ४७९ रुपैयाँ

विकास र जनकल्याणसँग जोडिएका अन्य शीर्ष खर्चहरूस्

वडास्तरीय योजनास् ६ करोड ६० लाख

नगरस्तरीय योजना ९समपूरक कोष०स् ३ करोड ५० लाख

संघीय सशर्त अनुदान योजनाहरूस् ४ करोड ६४ लाख

संघीय समपूरक अनुदानस् ३ करोड ३ लाख

प्रदेश सशर्त अनुदानस् ९५ लाख

प्रदेश समपूरक अनुदानस् २० लाख

प्रदेश विशेष अनुदानस् ३० लाख

अन्य क्षेत्रीय योजना तथा भुक्तानीहरू ९आर्थिक, सामाजिक, वातावरणीय, पूर्वाधार, सुशासन आदि०स् ६ करोड १९ लाख १६ हजार

नगरका प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार, बजेटको विस्तृत विवरण र राजस्वका दरहरू अनुसूचीमा संलग्न गरिएको छ।

सहभागिता र पारदर्शिताको प्रतीक
नगरसभामा नगरसभा सदस्य, कार्यपालिका सदस्य, वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, संघसंस्था र सञ्चारकर्मीहरूको उपस्थितिले बजेट प्रक्रियामा जनताको सहभागिता र पारदर्शिताको प्रतिबद्धता देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ७,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद