Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्ज बसपार्कमा घुमुवा प्रहरीको आतङ्क, अवैध असुली र भन्सार छलीको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ५,बिहीबार
A A
6
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, असार ५ – वीरगन्ज बसपार्कस्थित प्रहरी चौकीमा खटिएका घुमुवा प्रहरी जगनारायण पटेलको आतङ्कले सर्वसाधारण त्रसित बनेका छन्। स्थानीयवासीका अनुसार उनले चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक धिरेन्द्र थपलियाको नाममा मासिक रकम असुली गर्दै आएका छन्।

बसपार्क क्षेत्रमा वर्षौंदेखि चल्दै आएको अवैध वसूली, ट्राफिक अव्यवस्था, र अस्थिरता प्रति प्रहरी प्रशासनको मौनता संयोग नभई संलग्नता रहेको आरोप स्थानीयहरू लगाउँछन्।

असुली, मिलेमतो र कानुनी ‘मैनेजमेन्ट’
गाडी पार्किङदेखि यात्रु ठग्नेसम्मका कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा, घुमुवा पटेलले मिलेमतोका आधारमा कानुनी प्रक्रिया ‘मैनेज’ गर्ने गरेको खुलासा भएको छ।

बस, टाटा सुमो, इभी गाडी, र रात्रीबसजस्ता सवारी साधनहरूबाट अनौपचारिक रूपमा रकम असुल्ने कार्य पटेलद्वारा नियमित गरिएको स्थानीयले बताएका छन्। प्रहरी चौकीको नाम प्रयोग गरी धम्की दिँदै रकम उठाउने उनको शैलीप्रति जनआक्रोश बढ्दो छ।

भन्सार छली र तस्करीमा संलग्नता
सूचनाका अनुसार, घुमुवा पटेलको संरक्षणमा बारा जिल्लाको इटियाही, मुसहर्वा, बलिरामपुर नाकाबाट भन्सार छली गरिएका सामानहरू वीरगन्ज बसपार्कसम्म ल्याइने गरिन्छ। यी सामग्री विशेषतः भारतबाट आयात गरिएका लुगा र सामानहरू हुने गर्छन्, जसलाई रात्रीबसमार्फत देशका विभिन्न भागमा पठाउने कार्यमा पटेलको संलग्नता देखिएको छ।

जनआस्थामा प्रश्न, प्रहरीको भूमिकामा गम्भीर शंका
शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीकै संलग्नतामा यस्ता गैरकानुनी क्रियाकलाप भइरहनुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। पर्सा प्रहरी कार्यालय यस विषयमा मौन देखिनु दुर्भाग्यपूर्ण भएको भन्दै स्थानीयले चाँडै कदम चाल्न माग गरेका छन्।

यदि यस्ता गतिविधिमा शीघ्र सुधार र कारबाही प्रक्रिया अगाडि नबढाइए, प्रशासनप्रतिको जनआस्था थप कमजोर हुने निश्चित देखिन्छ। साभार द मधेश टाईम्स

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ५,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद