Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

लायन्स क्लब अफ संस्कृती गोल्डद्वारा वीरगन्ज कपडा बैंकलाई सहयोग, १० झोला कपडा हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ३,मंगलवार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ३ असार — लायन्स क्लब अफ संस्कृती गोल्ड वीरगन्जले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगन्ज कपडा बैंकलाई १० झोला कपडाहरू सहयोग गरेको छ। क्लब अध्यक्ष रितिका जैसवालको नेतृत्वमा कपडा हस्तान्तरण गरिएको हो।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई कपडाहरू हस्तान्तरण गर्दै क्लबले आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यस अवसरमा क्लबकी सदस्य नितु गुप्ता, बैंकका सचिव कन्हैया पटेल, सदस्यद्वय निला राम र नवराज भट्टराई, तथा कर्मचारी शोभा देवी लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष रितिका जैसवालले भनिन्,

“वीरगन्ज कपडा बैंकले विगत केही वर्षदेखि विपन्न, असहाय, बाढी र आगलागी पीडितलाई घरमै पुगेर निःस्वार्थ सेवा दिँदै आएको कार्य सराहनीय छ। चाडपर्वमा नयाँ कपडा किन्न नसक्नेहरुलाई ‘नयाँ जस्तै’ कपडा उपलब्ध गराउन हामीले सहयोग गरेका हौं।”

कपडा बैंकका सल्लाहकार उपाध्यायले भने,

“‘तपाईंसँग धेरै छ भने हामीलाई दिनुहोस्, छैन भने हामीबाट निःशुल्क लिनुहोस्’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै, वीरगन्ज–८ बाट दैनिक सेवा सञ्चालन भइरहेको छ।”

उहाँले थप जानकारी दिँदै भन्नुभयो कि बाढी, आगलागी, तथा अन्य आपत्कालीन अवस्थाहरूमा गाउँ–गाउँमा पुगेर कपडासँगै खाद्यान्न र अन्य राहत सामग्रीहरू पनि प्रदान गर्दै आएको छ।

कपडा सहयोगप्रति बैंकका तर्फबाट हार्दिक आभार प्रकट गरिएको छ।

यसैबीच, अध्यक्ष सिंहले धोबिनी गाउँपालिका–५ मा चट्याङका कारण आगलागी हुँदा सबै सम्पत्ति गुमाएका असेशर दासका लागि कपडा, खाद्यान्न, र घर निर्माण सहयोग गर्न सबै मानवतावादी सहयोगी हातहरूलाई आग्रह समेत गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ असार ३,मंगलवार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ असार ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद