Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २,सोमबार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, रासस – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत पूरा भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार जेठ महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो। उनका अनुसार आगामी आर्थिक वर्षको बजेटले व्यापारिक क्षेत्र र व्यवसायीहरूमा सकारात्मक सन्देश दिएको हुँदा जेठ महिनाको राजस्व सङ्कलन उत्साहजनक देखिएको हो।

“विगत एघार महिनाको तथ्याङ्क विश्लेषण गर्दा जेठमा सबैभन्दा धेरै राजस्व उठेको पाइन्छ,” प्रशासक लामिछानेले भने, “यसमा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातले प्रमुख भूमिका खेलेको छ।”

कार्यालयले साउन महिनामा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड, फागुनमा रु १४ अर्ब ६३ करोड, चैतमा रु १५ अर्ब ४७ करोड, वैशाखमा रु १५ अर्ब ७२ करोड र जेठ महिनामा सर्वाधिक रु १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयका लागि चालु आर्थिक वर्षमा कुल दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८२ असार २,सोमबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८२ असार २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद