Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

कृषि मजदुर महोत्तरीमा अभाव किसानलाई धौधौ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। यहाँका किसानलाई अहिले कामको भ्याइनभ्याइ छ । मुख्यबाली धान काट्ने, निहिनमा सुकाउने, मुठा पार्ने, दाइँ गर्ने र थन्क्याउने चटारो छ । मुखको बाली धान थन्क्याउने चटारोबीच नै अहिले नै अर्को मुख्यबाली गहुँ र चना, मुसुरासहितका दलहन बाली लगाउने बेला छ । यस्तै आलु र उखु रोप्ने धमाधमले किसान व्यस्त छन् । यसैबेला खेती मजदुर नपाइँदा खेतीपातीका काममा किसानलाई धौधौ परेको छ ।

अगौटे धान कतिले काटेर चुट्ने तथा दाइँ गर्ने सकेका छन् । कतै काटेको धान निहिनमा सुक्दैछ । अलि पछौटे धान खेतमा पहेँलपुर बालामा झुलिरहेको छ । अब काट्ने सुरसार हुँदैछ । धान काटेर खाली भएको खेत खनजोत गरेर हिउँदे बाली लगाउने तयारीको बेला छ । तर अहिले आफ्ना वरपर जन ९मजदुर० नपाइँदा कुनै काम सोचे जसरी समयमा सक्न नपाएको किसान बताउँछन् ।

यसपालि अनुकूल वर्षाले धान राम्रो फल्दा यहाँका किसानको अनुहार उज्यालो छ । “धान राम्रो फलेको छ, मौसमले साथ दिएकै हो”, भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुहुन्छ, “तर पहेँलपुर पाकेको धान काट्न भनेको बेला जन पाइदैनन्, धानको बाला झुर्रिएर बग्रेल्ती भुइँमा झर्न थालेको छ ।” अहिले पाकेको धान थन्क्याउने र हिउँदेबाली लगाउने समयमा जन नपाउँदा सास्ती पाइएको उहाँ बताउनुहुन्छ ।

धान काटेर खाली भएको खेत हिउँदे बाली लगाउन खनजोत गर्न अहिले किसानलाई धमाधम छ । अगौटे धान लगाएका किसान अब लगालगी गहुँ, चना, मुसुरो छर्ने, आलु र उखु रोप्ने कामले छोपेको बताउँछन् । यस्तै अतिरिक्त जनको आवश्यकता पर्ने बेला मान्छे नपाएपछि खेतीपातीका कामले दिक्क लगाउने गौशाला–१२ का किसान योगेन्द्र महतोको गुनासो छ ।

जिल्लाका गाउँनगर बस्तीमा खेतीपातीका काम जान्ने कृषि जनशक्ति कामकै लागि भारतका पञ्जाव र हरियाणा गएपछि यहाँ जनको अभाव भएको हो । खेतीपातीका काममा पोख्त मानिने मुसहर, बाँतर जाति समुदायका काम गर्नसक्ने उमेरदारी जति सबै पञ्जाव र हरियाणा गएका छन् । यी समुदायको बसोबासका बस्ती पस्दा अचेल हिँडडुल गर्न नसक्ने बूढाबूढी, महिला र स–साना बालबालिकामात्र भेटिन्छन् । खेतीपातीका काम आफ्नै ठाउँमा पाइए पनि यहाँ पाइने पारिश्रमिकले घरपरिवार धान्न नसक्ने भएपछि १५–१९ वर्षका युवा भारत जाने गरेका भङ्गाहा–५ कर्पुरगञ्जको बतराही बस्तीका रामजुलुम बाँतर बताउनुहुन्छ ।

कृषि क्षेत्रका काममा पोख्त मानिने यी समुदायका किशोर र युवा भारततिर छन् । साहुले एकाध लाख ऋण पत्याउने साना किसान परिवारका युवा खाडीमा छन् । उर्वर उमेरका युवा कमाउन नै विदेश गएपछि यहाँ खेतीपाती गर्ने घट्दै गएका छन् । तीन दशक पहिलेसम्म तीन हल गोरु पालेर घुँडा धसेर आठ–दश बिघा खेती गर्ने किसान अब जग्गा बेचेर सहर बस्न थालेका छन् ।

“काम गर्ने जन नपाएपछि जग्गा बाँझो रहेको कति हेर्नु रु छोराछोरी पढ्ने भनेर विदेशतिर लागे, आपूm काम गर्न सक्न छाडियो, भएको अलिअलि जग्गा बरबटैया दिएर घर थन्किएका छौँ”, बर्दिबास–९ पशुपनिगर बनरझुल्लाका बच्चुलाल महतो भन्नुहुन्छ । पछिल्लो दशक महतोजस्ताको सङ्ख्या यहाँका बस्तीबस्तीमा बढ्दै छ ।

यहाँको कृषि जनशक्ति विदेशिने क्रम नरोकिए अब केही वर्षपछि जताततै पर्ति जग्गा देखिने बर्दिबास–६ कृष्णपुरका ५५ वर्षीय किसान विनोद ठाकुर बताउनुहुन्छ । जिल्लामा ७० हजार हेक्टर कृषियोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ । बर्सेनि खेतीपातीमा अनुकूल नहुँदा आठ–दश हजार हेक्टरमा किसानले पालो बाली लगाउन पाउँदैनन् । उखु, रहरीसहितका बाली वर्षभरि लाग्ने भए पनि धेरैजसो जग्गा दुई–तीन बाली लगाउन मिल्ने छन् । तर खासमा जनशक्तिकै अभावले एउटा बालीपछिको अर्को बाली लगाउने काम घट्दै गएको जिल्लामा खेतीपातीमा कहलिएका किसान गुनासो गर्छन् ।
खेतीपाती गर्न बीउ, मलखाद समयमा नपाइने, सिँचाइको प्रबन्ध नहुनु, किसानले चाहिएको बेला सजिलोसँग दुई–चार पैसा ऋण नपाउने भएपछि जाँगर मार्न थालेका छन् । अझ पछिपछि त जनसमेत पाउन छाडिएपछि अब खेती धान्न सकिने अवस्था नरहेको औरही–७ भोइलका ७० वर्षीय मोहन महतोको गुनासो छ ।
यो अवस्था चिर्न तीनै तहका सरकारले सर्वसाधारण किसानलाई उत्प्रेरित गर्न बीउ, मलखाद, प्राविधिक सल्लाह र सुलभ खेती ऋणसँगै भारत जाने श्रमिकलाई यहीँ काम र दामको आकर्षण दिनसकेमात्र खेती चल्नसक्ने गौशाला–११ का ७५ वर्षीय किसान लक्ष्मीप्रसाद महतो बताउनुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद